मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

नेपालमा अबको चार महिना भित्र कोरोना विरुद्धको खोप आउने

नेपालमा अबको चार महिना भित्र कोरोना विरुद्धको खोप आउने

images
  • 437
    SHARES

  • images
    images
    images
    नेपालमा अबको चार महिना भित्र कोरोना विरुद्धको खोप आउने
    images
    images
    images

    नेपालमा अब चार महिना भित्रै कोरोना विरुद्धको खोप आउने भएको छ । नेपालले नेपालले सुरुमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ), युनिसेफ, खोपको विश्वव्यापी गठबन्धन (गाभी) र सेपी (द कोलिसन अफ इपिडेमिक प्रिपेर्डनेस इनोभेसन्स) ले संयुक्त रुपमा निर्माण गरेको कोभ्याक्स संयन्त्रमार्फत् उपलब्ध हुने खोप पाउने विश्वास गरेको छ।

    यो खोप चार महिना भित्रै उपलब्ध हुने सरकारी निकायको अनुमान छ । यो संयन्त्रले दुई चरणमा खोप उपलब्ध गराउने छ । पहिलो चरणमा यो वर्ष भित्र (२०२०) मा र दोस्रो चरण अर्को वर्ष (२०२१) मा उपलब्ध गराउने भएको छ । पहिलो चरणमा तीन प्रतिशन खोप आउने छ । त्यसका लागि सरकारले कसले पहिला खोप लगाउने भन्ने बारेमा प्राथमिकता यत गरेको छ ।

    images
    images
    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो तयारी थालेको हो । कोभ्याक्सले उपलब्ध गराउने खोप सुरुमा अंग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र सामाजिक दूरी कायम गरी काम गर्न नमिल्ने क्षेत्रका व्यक्तिहरुलाई लगाइने भएको छ । स्वास्थ्य मन्त्रालयले सोही अनुसारको प्राथमिकता तय गरेको छ । त्यस्तै अर्को वर्ष आउने खोप दिइनेछ।
    ५५ वर्षमाथिका जेष्ठ नागरिक तथा दीर्घरोगीले पाउने छन् । पहिलो चरणका लागि २० लाख खोप आवश्यक पर्ने अनुमान स्वास्थ्य मन्त्रालयले गरेको छ भने दोस्रो चरणका लागि

    ८२ लाख डोज खोप उनीहरुलाई आवश्यक पर्ने आकलन गरिएको छ । सरकारले खोप उपलब्ध गराउने लक्षित समुदाय समेत उल्लेख गरेर कोभ्याक्समा निवेदन बुझाएको छ । जसमा तेस्रो चरणमा ४० देखि ५४ वर्षका दीर्घरोगीहरुलाई खोप लगाइने उल्लेख छ । त्यस्तो जनसंख्या ११ लाख रहेको र खेर जानेसहित साढे २४ लाख डोज खोप उनीहरुका लागि आवश्यक पर्ने उप्रेतीले बताए।

    त्यसपछि सरकारले ४० वर्षदेखि ५४ वर्ष उमेर समूहका सामान्य स्वास्थ्य भएका २९ लाख र १५ देखि ३९ वर्षका गरी १ करोड २७ लाख ८० हजार जनालाई खोप लगाउने तयारी गरेको छ। उनीहरुले भने सरकारले किनेपछि मात्रै खोप पाउनेछन। तर सरकारले हालसम्म खोप किन्ने प्रक्रिया अघि बढाएको छैन।

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, मंसिर २८ २०७७०७:५२:१८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij