मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

बंगलादेशबाट ५० हजार मेट्रिकटन युरिया मल आपूर्तिका लागि सम्झौता

बंगलादेशबाट ५० हजार मेट्रिकटन युरिया मल आपूर्तिका लागि सम्झौता

images
  • 335
    SHARES

  • images
    images
    images
    बंगलादेशबाट ५० हजार मेट्रिकटन युरिया मल आपूर्तिका लागि सम्झौता
    images
    images
    images

    नेपाल र बंगलादेशबीच ५० हजार मेट्रिक टन युरिया मल आपूर्तिका लागि बिहीबार ‘जिटुजी’ सम्झौता भएको छ ।

    सम्झौता पत्रमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका तर्फबाट कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी र बंगलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेशनका अध्यक्ष महमद एमिन उल अहसनले ढाकामा हस्ताक्षर गरेका हुन् ।
    युरिया मलको अन्तर्राष्ट्रिय फर्मूला मूल्यअनुसार प्रतिमेट्रिक टन अमेरिकी डलर २५९.१९५ मा सम्झौता भएको कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले विज्ञप्तिमार्फत जनाएका छन् ।

    images
    images
    images

    उनका अनुसार कृषि सामग्री कम्पनी लिमिटेडले एलसी खोलेको दश दिनपश्चात् मल लोडिङ सुरु हुने सम्झौतामा उल्लेख छ भने ५० हजार मेट्रिक टन मल दुई महिनाभित्र बंगलादेशले उपलब्ध गराइसक्ने छ ।

    मन्त्रिपरिषद बैठकले बङ्गलादेश सरकारसँग ५० हजार मेट्रिक टन युरिया मल सरकार-सरकार (जिटुजी) प्रक्रियाबाट खरिद गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको थियो।रासस 

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, पौष २ २०७७०६:३७:११
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij