मुलुकमा विकास निर्माणको सिजन सुरु भएपछि नदिजन्य निर्माण सामाग्रीको मूल्य अस्वभाविक रुपमा बढेको छ। क्रसर उद्योगहरुले अभाव देखाएर गिट्टी, बालुवा र ढुंगाको मूल्य बढाएका हुन् ।
अहिले कोभीड महामारीका कारण निर्माण सामाग्रीको माग बढ्न सकेको छैन । तैपनि नदिजन्य निर्माण सामाग्रीको भाउ अत्याधिक चर्किएको निर्माण सामाग्री बिक्रेता संघको भनाई छ ।
गिट्टी र बालुवाको स्रोतमै भाउ तीन गुनासम्म बढाइएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । विगतका वर्षदेखि नै निर्माणको सिजन सुरु हुने वित्तिकै अभाव सिर्जना गरेर भाउ बढाउने परिपाटी रहँदै आएको उनको भनाई छ । माग नहुँदा पनि मूल्य बढाएर चलखेल गर्न खोजिएको व्यवसायी गुनासो पोख्छन् ।
पहिला गिट्टी र बालुवाको स्रोतदर प्रतिटिप २५ सय हाराहारीमा रहेकोमा अहिले ८ हजारसम्म पु¥याइएको छ । गिट्टी र बालुवा उपभोक्ताको घरमा आइपुग्दा प्रतिटिपर २५ हजार हाराहारी पर्न जान्छ ।
सरकारले नदिजन्य सामाग्रीको उत्खनन तथा बिक्रीमा कडाई गर्ने निर्णय गरिसकेको छ । प्राकृतिक स्रोतको जथाभावी दोहन हुन थालेको भन्दै सरकारले उत्खननमा कडाई गर्न लागेको हो । त्यसमाथि सरकारले मापदण्ड बिपरित सञ्चालनमा रहेकोमा क्रसर उद्योगलाई बन्द गर्ने चेतावनी दिइसकेको छ जबकी ८० प्रतिशतभन्दा बढी क्रसर उद्योग मापदण्डभित्र सञ्चालनमा छैनन् ।रासस
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij