मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

बुटवलमा हस्पिटालिटी कलेजद्वारा 'एसियन डिस्क' फुड फेस्टिवल

बुटवलमा हस्पिटालिटी कलेजद्वारा 'एसियन डिस्क' फुड फेस्टिवल

images
  • 663
    SHARES

  • images
    images
    images
    बुटवलमा हस्पिटालिटी कलेजद्वारा 'एसियन डिस्क' फुड फेस्टिवल
    images
    images
    images

    बिगत तिन बर्ष देखि होटेल म्यानेजमेन्टको क्षेत्रमा अधयापन गराउदै आएको बुटवलको हस्पिटालिटी कलेजले 'ओरेन्टियल कुजिन'(एसियन डिस्क) फुड फेस्टिवल गरेको छ। कलेजमा अध्ययन गर्ने बिद्यार्थीलाई इभेन्ट म्यानेजमेन्ट सम्बन्धि जानकारी गराउनको लागि बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुख्खानगरमा रहेको हस्पिटालिटी कलेजले प्रत्यक वर्ष यो कार्यक्रम गर्दै आएको छ। 

    शुक्रबार कलेजमै आयोजना गरिएको ओरेन्टियल फुड फेस्टिवलमा एसियन देशहरु जापानिज ,चाइनिज ,थाई कोरियन खाना प्रस्तुत गरिएको कलेजका प्रबन्ध निर्देशक सुशिल गिरीले जानकारी गराउनु भयो। यस्ता कार्यक्रममा  बिद्यार्थीलाई  इभेन्टहरुमा कसरि काम गर्ने,आएका मान्छेहरु संग कस्तो व्यबहार गर्ने ,उनीहरु सिट कसरि प्रस्तुत हुने लगायतका व्यबहारिक सैदान्तिक ज्ञान प्रदान गरिने उंहाले बताउनु भयो। कलेजले ६ महिनाको डिप्लोमा इन होटल  म्यानेजमेन्ट डिप्लोमा इन कौलिनरी,आर्ट र छोटो अवधिको बेकरी एण्ड कन्फेक्सनरी बारिस्ट बार टेन्डर कार्यक्रम संचालन गर्दै आएको छ। 

    images
    images
    images

    No description available.

    यँहा अध्ययन गरेका बिद्यार्थीलाई थप १ बर्षे प्रयोगात्मक अध्ययनको लागि कलेजले छिन् ,भारत ,थाइल्याण्ड र टर्की पठाउने गरेको छ। त्यसको लागि कलेजले चैनको हाइनन विश्व बिद्यालय र अन्य देशका स्तर लेबलका होटलहरु संग समन्वय समेत गरेको कलेजका एकेडेमिक डाइरेक्टर उमंग पौडेलले जानकारी गराउनुभयो। 

    No description available.

    होटल म्यानेजमेन्ट क्षेत्रमा अध्ययन गरेर विज्ञता हासिल गरेका गिरी र पौडेल सहित प्रिन्सिपल आशिस केसी र कोर्डिनेटर गोपाल राना गरि ४ जनाको लगानीमा संचालित उक्त कलेजले १ सिजनमा ५० जना बिद्यार्थी मात्रै भर्ना गर्ने र उनीहरुलाई पूर्ण रुपमा दक्ष बनाउने गरि काम गरेको कलेजको दावी छ। कलेजका अनुसार अध्ययन पुरा गरेका बिद्यार्थीहरु अहिलोए सम्म खाली हात बस्नु परेको छैन। प्रिन्सिपल आशिस केसीले उत्पादित जनशक्ति मध्ये करिब ७० प्रतिशत रोजगारीको लागि बिदेशमा जाने गरेको र बाँकी ३० प्रतिशत बिद्यार्थीले नेपालमै रोजगारी गरेको जानकारी दिनुभयो। 'अहिले कोभिडका कारणले केहि समस्या भए होला ,नत्र कोही पनि खाली बस्नुपरेको छै। 'उंहाले भन्नुभयो। 

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, पौष ११ २०७७१०:४६:२३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij