मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

नेत्रविक्रम ‘विप्लव’ समूह र प्रहरीबीच गोली हानाहान

नेत्रविक्रम ‘विप्लव’ समूह र प्रहरीबीच गोली हानाहान

images
  • 656
    SHARES

  • images
    images
    images
    नेत्रविक्रम ‘विप्लव’ समूह र प्रहरीबीच गोली हानाहान
    images
    images
    images

    संखुवासभाको चैनपुर नगरपालिका–४ मैदानेमा नेत्रविक्रम ‘विप्लव’ समूह र प्रहरीबीच गोली हानाहान भएको छ। आइतबार दिउँसो बरिव ३ तिर विप्लब समूह कार्यकर्ता र प्रहरीबीच भिडन्त भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी नवराज मल्लले जानकारी दिए। यस अघि पनि विप्लव समूह र प्रहरीबीच संखुवासभामा २ दुई स्थानमा गोली हानाहान भएको थियो। 

    विप्लव कार्यकर्ताले प्रहरीको नियमित गस्तीमाथि गोली प्रहार गरे पछि प्रहरीले जवाफी फाइरिङ गरेको डीएसपी मल्लले बताए। डीएसपी मल्ले भने, ‘त्यस क्षेत्रमा लुकेर बसेको विप्लवका जिल्ला इन्चार्ज उत्तरकुमार भनिने युवराज राई समेतका विप्लव कार्यकर्ताले प्रहरीले गोली चलाएको हो।’ 

    images
    images
    images

    विप्लव समूहले आक्रमणको प्रयास गरेपछि प्रहरीले गोली चलाएको उनले बताए। प्रहरीले फायरिङ खोलेपछि विप्लव कार्यकर्ता भागेको डीएसपी मल्लले जानकारी दिए। 

    प्रहरीले विप्लव समूहले प्रयोग गरेका केही विष्फोटक सामाग्री समेत सोही स्थानबाट बरामद गरेको बताइएको छ। गोली चलेपनि मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ।

    स्थानीयका अनुसार दुवै पक्षबीच केहीबेर गोली हानाहान भएको थियो। घटनापछि उनीहरुको खोजीका लागि थप प्रहरी परिचालन गरिएको डीएसपी मल्लले जानकारी दिए। 

    मैदानेमा गत मंसिर १ मा पनि प्रहरी र विप्लव समूहबीच गोली हानाहान भएको थियो। त्यसैगरी २०७६ असारमा पनि जिल्लाकै सिलिचोङ गाउँपालिका–१ मा प्रहरी र विप्लव समूहबीच गोली हानाहान भएको थियो।

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, पौष १२ २०७७०८:१४:५०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij