पौष २८ ,काठमाडौँ। राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गतको पिपल्स च्वाइस अवार्ड जितेकी छन् ।ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार भएको कार्यक्रममा अरुणाले पिपल्स च्वाइस अवार्ड जित्न सफल भएकी हुन ।
जनताको मत तथा राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यको मतबाट अरुणाले अवार्ड जितेकी हुन् ।अरुणाले पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीलाई पछि पारेकी हुन् ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij