बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

चोरी भएको मोटरसाइकल र स्कुटरसहित ७ जना पक्राउ

चोरी भएको मोटरसाइकल र स्कुटरसहित ७ जना पक्राउ

images
  • 548
    SHARES

  • images
    images
    images
    चोरी भएको मोटरसाइकल र स्कुटरसहित ७ जना पक्राउ
    images
    images
    images

    मोटरसाइकल चोरीमा संलग्न सात जनालाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको छ।झापाको बिर्तामोडलाई ‘सेल्टर’ बनाई कोठा भाडामा लिएर चोरीमा संलग्न गिरोहलाई नै प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए। पक्राउ परेकाबाट १४ मोटरसाइकलसहित एक थान स्कुटर बरामद गरिएको प्रहरी नायब उपरीक्षक रिजालले बताए। 

    पक्राउ पर्नेमा इलाम माई नगरपालिका–२ निवासी २२ वर्षीय क्षितिज भनिने रोशन तामाङ, सोही ठाउँका २० वर्षीय रोशन बुढाथोकी, माई नगरपालिका–६ निवासी ३० वर्षीय रोशन गिरी, सोही ठाउँ निवासी ३० वर्षीय राजेश गिरी, सोही ठाउँका २० वर्षीय मनिष गिरी, पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ बस्ने २१ वर्षीय रोशन भनिने २१ वर्षीय पासाङ तामाङ  र ताप्लेजुङस्थित सिदिङवा गाउँपालिका–४ निवासी २२ वर्षीय सन्दीप लिम्बू रहेका छन्।

    images
    images
    images

    विभिन्न मितिमा हराएका मोटरसाइकलसहित उनीहरुलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरिएको आज इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरिएको छ। 

    प्रहरीका अनुसार केही दिनयता विर्तामोड तथा आसपासका क्षेत्रबाट दैनिक मोटरसाइकल चोरी भएको भन्दै उजुरी पर्ने गरेका थिए। त्यसपछि गिरोहको खोजीमा लागेको प्रहरी एक हप्तामा उनीहरूलाई पक्राउ गर्न सफल भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।रासस

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, पौष २८ २०७७०८:०५:५५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij