सितु प्रसाद श्रेष्ठ
देशकै सबैभन्दा ठूलो प्रतियोगिता, ‘बृहत् राष्ट्रिय खेलकुद।’ राष्ट्रिय खेलकुदमा सहभागिता जनाउनु मात्र पनि हरेक खेलाडीले देख्ने सपना। अझ पदक नै जित्नु त खेलाडीका लागि निकै ठूलो गौरवको विषय। चाहे त्यो पदक रजत वा कांस्य नै किन नहोस्। स्वर्ण पदकको महत्व त कता हो कता। यहि यस्तै सपना देखेर हुर्केका थिए, बुटबल ६ का चन्द्रमान श्रेष्ठ । पिता प्रेम बहादुर र माता शुशिला देबीको सुपुत्रका रुपमा बि स २०३२/८/१ मा चन्द्रमान श्रेष्ठको बुटवलमा जन्म भएको थियो ।


युवा अवस्थामा चलचित्रका नायकहरु Arnold, Silver Stolan र संजय दत्तबाट प्रभावित भएर उनि व्यायाममा आकर्षित भएको उनि बताउँछन् । उनले कक्षा ९ मा अध्ययन गर्दै घरमा बेन्च प्रेस केहि बारबेल र डम्बल किनेर व्यायाम गर्न थाले । क्याम्पस अध्ययन गर्ने क्रममा साथीहरूले तेरो हाईट राम्रो छ , नेपाली हिरो दिनेश शर्मा जस्तो देखिन्छस् भनेर उक्साए पछि चन्द्रमान ज्यान बनाउन बुटवल ३ स्थित नारायण युवा क्लबद्वारा संचालित व्यायामशालामा जान थाले । बैदेशिक रोजगारीका लागि करिब दुई बर्ष साउदी अरबमा समेत पुगे ।

शारीरिक सुगठन खेलयात्रामा उनले आफ्ना जिम गुरुका रुपमा शारीरिक सुगठनका अग्रज खेलाडी केशब बहादुर शाक्यालाइ मान्दछन् । उनले शारीरिक सुगठन खेलमा प्राप्त गरेका उपलब्धीहरु यस प्रकार रहेका छन :-
o २०५५ सालमा नेपाल व्यायाम मन्दिर शाखा सिद्धार्थनगरको आयोजनामा भएको चौथो मिष्टर लुम्बिनी शारीरिक सुगठन प्रतियोगितामा ७० केजीमा चौथो ।

२०५९ सालमा लुम्बिनी फिटनेश सिद्धार्थनगरको आयोजनामा भएको दोश्रो मिष्टर लुम्बिनी मा ७० केजीमा कास्य पदक ।
२०६२ सालमा रुपन्देही जिल्ला शारीरिक सुगठन संघको आयोजनामा भएको पाँचो मिष्टर पश्चिमाञ्चलमा शारीरिक सुगठन प्रतियोगितामा ७० २०६३ सालमा रुपन्देही जिल्ला शारीरिक सुगठन संघको आयोजनामा भएको चौथो मिष्टर पश्चिमाञ्चलमा शारीरिक सुगठन प्रतियोगितामा ७० २०६४ सालमा तानसेन व्यायाम मन्दिरको आयोजनामा भएको पश्चिमाञ्चलमा स्तरिय मिष्टर पाल्पा शारीरिक सुगठन प्रतियोगितामा ७० केजीमा कास्य पदक ।
२०६५ सालमा बुटवल फिटनेस एण्ड जिम सेन्टरको छैटौ मिष्टर लुम्बिनी शारीरिक सुगठन प्रतियोगितामा ७० केजीमा स्वर्ण पदक ।

२०६५ सालमा रुपन्देही जिल्ला शारीरिक सुगठन संघको आयोजनामा भएको प्रथम बुटवलश्री लुम्बिनी अञ्चल स्तरिय शारीरिक सुगठन प्रतियोगितामा ७० केजीमा स्वर्ण पदक ।
२०६८ सालमा रुपन्देही जिल्ला शारीरिक सुगठन संघको आयोजनामा भएको दोश्रो बुटवलश्री लुम्बिनी अञ्चल स्तरिय शारीरिक सुगठन प्रतियोगितामा ७० केजी भन्दा माथिको समुहमा स्वर्ण पदक ।
२०६८ सालमा राष्ट्रिय खेलकुद परिषदको आयोजनामा काठमाण्डौमा भएको तेह्रौ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ७० केजी समुहमा रजत पदक ।

२०७१ सालमा भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समितीको आयोजनामा भएको क्षेत्रीय शारीरिक सुगठन प्रतियोगितामा ७५ केजी समुहमा प्रथम स्थान ।
२०७१ सालमा रुपन्देही जिल्ला शारीरिक सुगठन संघको आयोजनामा भएको चौथो बुटवल श्री लुम्बिनी अञ्चल स्तरिय शारीरिक सुगठन प्रतियोगितामा ७० केजी भन्दा माथिको समुहमा स्वर्ण पदक ।
२०७२ सालमा HKNFBF को आयोजनामा भएको 1st National Championship मा उनि ७० केजी भन्दा माथिको समुहमा पाँचौ ।
२०७२ सालमा राष्ट्रिय खेलकुद परिषदको आयोजनामा काठमाण्डौमा भएको पन्धौ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ७० केजी समुहमा कास्य पदक ।
२०७५ सालमा रुपन्देही जिल्ला शारीरिक सुगठन संघको आयोजनामा भएको सातौ बुटवल श्री प्रदेश नं ५ स्तरिय शारीरिक सुगठन प्रतियोगितामा ७० केजी भन्दा माथिको समुहमा स्वर्ण पदक जित्दै उपाधि कब्जा ।
२०७५ नेपाल शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा काठमाण्डौमा भएको सातौ मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ७० केजी समुहमा रजत पदक ।
२०७५ सालमा काठमाण्डौ जिल्ला शारीरिक सुगठन संघको आयोजनामा भएको चौथो मिष्टर काठमाण्डौ शारीरिक सुगठन प्रतियोगितामा ७० केजी भन्दा माथिको समुहमा कास्य पदक ।
२०७५ सालमा रुपन्देही जिल्ला शारीरिक सुगठन संघको आयोजनामा भएको आठौ बुटवलश्री प्रदेश नं ४ र ५ स्तरिय शारीरिक सुगठन प्रतियोगितामा ७० केजी समुहमा रजत पदक
२०७६ सालमा राष्ट्रिय खेलकुद परिषदको आयोजनामा बुटवल भएको पन्धौ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ८० केजी समुहमा स्वर्ण पदक जितेर मिष्टर नेपाल घोषित ।
२०७६ सालमा कपिलबस्तु जिल्ला शारीरिक सुगठन संघको आयोजनामा भएको कपिलबस्तुश्री राष्ट्रिव्यापी शारीरिक सुगठन प्रतियोगितामा ७५ केजी समुहमा रजत पदक ।

शारीरिक सुगठन खेल यात्रा चलिरहदा ७२ सालमा अचानक उनको मुटुमा समस्या देखियो । उपचार गराउने क्रममा चिकित्सकले उनलाइ मुटुको शल्यक्रिया गर्नुपर्ने अवस्था देखाए । उनको बाइपास सर्जरी गरियो । चन्द्रमान लाइ आफ्नो मिष्टर नेपाल बन्ने सपना अधुरो हुने भो भन्ने लाग्न थाल्यो । केही वर्ष बिश्राम पछी उनि पुन व्यायामशालामा फर्के।
मानौ कुनै चलचित्रको दृश्य जस्तै दुई बर्ष अगाडि मात्र मुटुको बाइपास सर्जरी गरेका चन्द्रमान पुनः अहिर्निश प्रयास पछि २०७५ सालमा बुटवलश्री प्रतियोगिताको उपाधि चुम्न सफल भए । उनको खेलयात्रा त्यतिमा रोकीएन, २०७६ सालमा उनले आफ्नो मिष्टर नेपाल बन्ने सपना समेत साकार परि छाडे । गरे के सकिन ? भन्न प्रमाणित गरेका वास्तविक जीवनका नायक हुन, चन्द्रमान श्रेष्ठ । जीवनका दुखद क्षणको स्मरण गर्दै उनि भन्छन् , " २०६५ सालमा काठमाडौमा भएको बार्हौ राष्ट्रिय प्रतियोगितामा निर्णायकले कल गर्दा नाम नसुनेर म ढिलो गरि मात्र स्टेजमा पुगेछु । निर्णायकले ढिलो गरि स्टेजमा आएको भन्दै मलाइ अयोग्य घोषित गरे ।" आफ्नो शारीरिक पोज मध्ये उनलाइ Single Bicep with Lat पोज मन पर्छ । हाल चन्द्रमान बुटवलमा नै आफ्नै लगानीमा संचालित निवोध जिम एण्ड एरोविक व्यायाम गर्न र गराउन ब्यस्त देखिन्छन् ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij