सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

जेन जी (Gen Z )आन्दोलन : भविष्य निर्माणको अवसर

जेन जी (Gen Z )आन्दोलन : भविष्य निर्माणको अवसर

विष्णु प्रसाद पौडेल

images
  • 793
    SHARES

  • images
    images
    images
    जेन जी  (Gen Z )आन्दोलन : भविष्य निर्माणको अवसर
    images
    images
    images

    विष्णु प्रसाद पौडेल

    विश्व परिवेशमा नयाँ पुस्ता अर्थात् जेन जी Gen Z (सन् १९९७ देखि २०१२ बीच जन्मिएको पुस्ता) सामाजिक, आर्थिक, प्राविधिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणका मुख्य पात्रका रूपमा अगाडि आइरहेका छन्। प्रविधिसँगै हुर्किएका कारण यो पुस्ता सचेत, खुला सोचका, परिवर्तनप्रेमी र नवीनताको खोजीमा रहने प्रवृत्तिका हुन्छन्। यही कारण विश्वका विभिन्न देशहरूमा जस्तै नेपालमा पनि जेन जी को आवाज आन्दोलनका रूपमा प्रत्यक्ष हुने गरेको छ।

    images
    images
    images

    आजको युवा पुस्ता (Gen Z) भाषणभन्दा व्यवहारलाई बढी महत्व दिन्छन|उनीहरू छिटो छरितो निर्णय प्रक्रिया चाहन्छन् र तत्काल परिणाम खोज्छन्। पुराना शैलीका नेताहरूको खोक्रो भाषण स्वीकार्न तयार छैनन्। यो पुस्ताले पर्यावरणीय न्याय, लैङ्गिक समानता, सामाजिक न्याय, लोकतन्त्रको संरक्षण, मानवअधिकार, रोजगारीका अवसर, गुणस्तरीय शिक्षाको पहुँच र सुशासनलाई प्राथमिकतामा राखेको देखिन्छ। नेपालमा पनि उनीहरूले जलवायु परिवर्तनविरुद्ध, भ्रस्टाचारविरोधी आन्दोलनमा, लैङ्गिक तथा सामाजिक असमानता विरुद्ध सक्रिय सहभागिता जनाउँदै आएका छन्। उनीहरूको मुख्य शक्ति सामाजिक सञ्जाल हो, जसलाई प्रयोग गरेर छोटो समयमा हजारौँ युवालाई सचेत र सक्रिय बनाउन सक्षम छन्।

    सरकारले पछिल्लो समय फेसबुकसहितका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेपछि जेन जी युवाहरूले आन्दोलन घोषणा गरी भाद्र २३ गते (सेप्टेम्बर ८) काठमाडौं को माईतीघर मण्डलामा हजारौ संख्यामा सडकमा उत्रिए। शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलन नेतृत्व, नीति र अनुशासनको कमीका कारण केही ठाउँमा अराजक बन्न पुग्यो। प्रहरी ले अन्धाधुन्ध गोली चलाउदा १९ जना कलिला युवा , बिधार्थीहरुको सोही दिनै मृत्यु भयो | त्यसपछि अर्को दिन आन्दोलन झन उत्तेजित भयो ,विभिन्न स्वार्थ समूहको घुसपैठका कारण सरकारी र निजी सम्पत्ति नष्ट भए, कैदीहरू कारागारबाट भागे र ठूलो धनजनको क्षति भयो। यद्यपि यी घटनाले आन्दोलनको वास्तविक उद्देश्यलाई धमिलो बनाए पनि युवाहरूमा नेतृत्वविहीन अवस्थाको परिणाम स्पष्ट देखियो |

    नेपालका ठूला भनिएका राजनीतिक दलहरूको भ्रष्टाचार, कुशासन, अहङ्कार र दम्भप्रति जनतामा वितृष्णा फैलिएको थियो। यही कारण जेन जी Gen Z को आन्दोलनलाई आम नागरिकले समर्थन गरेका थिए। उनीहरूको माग जायज नै थियो— भ्रष्ट नेताहरू विरुद्ध आवाज उठाउने र नयाँ विकासको खोजी गर्ने ,देशमा सुशासन कायम गर्ने चाहना स्वाभाविक हो। तर आन्दोलनमा अराजक समुह ले घुस पैठ गरि Gen Z को नाममा हिंसा, चोरी र डकैती गर्नेहरूलाई कानुनी कारबाही गर्नैपर्छ। त्यसैगरी आन्दोलनकारीमाथि गोली चलाउने आदेश दिने तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि हत्याका दोषीका रूपमा कानुनी सजाय दिनुपर्ने जनताको माग जायज छ।

    यस आन्दोलनले देखाएको कुरा के हो भने सत्ता परिवर्तन मात्र पर्याप्त छैन। व्यवस्था, सोच र संस्कारमा परिवर्तन आवश्यक छ। सरकारको नेतृत्व फेरिँदा मात्र होइन, नेतृत्वको चरित्र नै बदलेर नयाँ नेपाल सम्भव त्यसैले जेन जी ले आफ्नो आन्दोलनलाई विद्रोह वा विरोधमा मात्र सीमित नगरी दीर्घकालीन योजना, स्पष्ट एजेन्डा र संगठित नेतृत्वसहित नीतिगत परिवर्तनमा जोड दिन जरुरी छ। यदि आन्दोलनबाट प्राप्त उपलब्धीलाई सदुपयोग गर्दै दीर्घकालीन परिवर्तन सुनिश्चित गर्न सकियो भने यसले नेपालको मात्र नभई सम्पूर्ण विश्वको ध्यान आकर्षित गर्नेछ। 

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij