सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

उच्च नेतृत्वको सम्पत्ति छानबिन गर्नुपर्छ : रवीन्द्र मिश्र

उच्च नेतृत्वको सम्पत्ति छानबिन गर्नुपर्छ : रवीन्द्र मिश्र

images
  • 577
    SHARES

  • images
    images
    images
    उच्च नेतृत्वको सम्पत्ति छानबिन गर्नुपर्छ : रवीन्द्र मिश्र
    images
    images
    images

    ३ असोज, गोरखा । साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले उच्च पदका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।आफूहरु सरकारमा आए २०४६ साल यताका राजनीतिक, प्रशासनिक र अन्य उच्च नेतृत्वको सम्पत्ति छानबिन गर्ने उनले सुनाए ।पार्टीको जिल्ला संयोजक घोषणा कार्यक्रममा सहभागी हुन शुक्रबार सदरमुकाम आएका मिश्रले देशमा भ्रष्टाचार मौलाएको भन्दै सचेत हुन नागरिकलाई आग्रह गरेका छन् । ‘सिमित बिचौलिया र राजनीतिक परिवारको स्तर मात्र बढेको छ, उनीहरुले देश दोहन गरिरहेका छन्,’ उनले भने, ‘नागरिक सचेत हुनुपर्‍यो ।’

    मतदाताले असल नेतृत्व चुन्न नसकेको भन्दै उनले राजनीतिक मायाजालबाट मुक्त हुन आग्रह गरे ।सरकारको नेतृत्व गर्ने अवसर पाए कर्मचारी युनियन खारेज गर्ने उनले बताए । ‘प्रशासनलाई राम्रो काम गर्न नदिने कर्मचारी युनियन हो, जनताको तलव खाएर नेता, पार्टी र आˆनो मात्र सेवा गर्ने कर्मचारीको काम छैन, हरेक कार्यालयमा राखिएका युनियनका बोर्डहरु हटाउँछौ,’ उनले भने ।युनियनको आडमा खरिदार र नासुले सचिवस्तरको कर्मचारीको टेवल ठटाउने आँट गर्ने गरेको भन्दै उनले चिन्ता जनाए । शिक्षक र प्राध्यापक संगठन पनि खारेज गरिने उनको भनाइ छ । युनियन र संगठन खारेज भए जनताले सहज रुपमा सेवा पाउने उनले तर्क गरे ।

    images
    images
    images

    केही पक्ष संविधान उल्टाउने खेलमा लागेको भन्दै मिश्रले भने, ‘यो संविधान भत्काउने होइन, कमजोरी संशोधन गर्न सकिन्छ । भत्काउनुपर्छ भन्नेले सडकमा आन्दोलन गर्ने होइन, एजेण्डा ल्याउनुस्, जनताको मन जित्नुस् संसदमा जानुस् जनमत संग्रह गर्नुस् ।’राजनीतिका खिचातानीका कारण काठमाडौंले गरेको गल्ती गोरखाले पनि दोहोर्‍याइरहेको उनले बताए । ‘गोरखाले धेरै बिद्धान र ठूला नेता जन्मायो तर गन्धा राजनीतिले गर्दा जिल्लाको विकास हुन सकेको छैन,’ उनले भने ।आगामी चुनावमा साझा पार्टी बिकल्प नभइ निर्विकल्प हुनुपर्ने उनको भनाइ छ ।

    images
    images
    • शुक्रवार, आश्विन ३ २०७६०१:०५:३०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij