सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

भारतको अयोध्या विवाद : हिन्दुको पक्षमा फैसला

भारतको अयोध्या विवाद : हिन्दुको पक्षमा फैसला

images
  • 481
    SHARES

  • images
    images
    images
    भारतको अयोध्या विवाद : हिन्दुको पक्षमा फैसला
    images
    images
    images

    भारतको सर्वोच्च अदालतले अयोध्याको बाबरी मस्जिद विवादमा राम मन्दिरका पक्षमा फैसला गरेको छ। अदालतले आज उक्त जमिन हिन्दुहरुको भएको फैसला गरेको हो ।

    शनिबार मुख्य न्यायाधीश रञ्जन गोगोईले फैसला सुनाउँदै मुस्लिम पक्षलाई बेग्लै जग्गा दिनसमेत आदेश गरेका छन्। अब अयोध्यामा राम मन्दिर बनाउने बाटो खुला भएको छ।

    images
    images
    images

    गोगोईको अध्यक्षताको बेन्चले ४० दिनसम्म सनुवाई गरेकामा ५ न्यायाधीशको बेन्चले शनिबार फैसला सुनाएको हो।

    सर्वोच्चले सुन्नी मुस्लिम वक्फ बोर्डलाई मस्जिद बनाउनका लागि भन्दै पाँच एकड जमिन उपलब्ध गराउन केन्द्र सरकारलाई निर्देशन पनि दिएको छ।
    धानमन्त्री नरेन्द्र मोदीले सर्वोच्चले सुनाएको फैसलालाई जित र हारको रूपमा लिन नहुने बताएका छन्। ‘रामको भक्तिको होस् वा रहिमको भक्ति यो समय भारत भक्तिको भावना शशक्त गर्ने बेला हो,’ मोदीले ट्वीट गरेका छन्।

    केन्द्र सरकारका रक्षामन्त्री राजनाथ सिंहले सर्वोच्चबाट आएको फैसला सन्तुलित भएको प्रतिक्रिया दिएका छन्। उनले फैसलाको स्वागत पनि गरेका छन्।

    अयोध्याको भूमी हिन्दु र मुस्लिमले आफ्नो बताउँदै आएका थिए। अयोध्यामा राम मन्दिर रहेको हिन्दुहरूको अडान र त्यहाँ बाबरी मस्जिद पनि थियो भन्ने मुस्लिम पक्षको अडानले विवाद बढ्दै जाँदा सन् १९९२ मा हिंसा भड्किएको थियो।

    images
    images
    • शनिवार, कार्तिक २३ २०७६११:१३:२३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij