असर १४ ,बुटवल। गत बैशाख १६ गते देखि जारी निषेधाज्ञा एक हप्ता थप गरिएको छ। निषेधाज्ञालाई खुकुलो बनाउदै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)को आज बसेको बैठकले असार २१ गतेसम्मका लागि थप गरेको हो ।
भोलिदेखि जिल्लामा सार्वजनिक यातायातलाई जोर–विजोर प्रणालीका आधारमा चल्न पाउने भएको छ। तर सवारी चलाउदा भने स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्नु पर्ने भएको छ।
तरकारी फलफुल दुधजन्य साम्रगीहरु स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी बिहान ५ बजेदेखि ११ बजेसम्म खोल्न पाइने भएको छ । भने अन्य व्यवसायहरु ११ बजेदेखि ६ बजेसम्म संचालन गर्न पाइने भएको छ ।
कार्यक्रम :कृषिका कुरा
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij