लुम्बिनी पाना,देवदह ।देवदह-१२ स्थित सिक्टहन स्वास्थ्य चाैकीले आज "किशोर किशोरी मैत्री स्वास्थ सेवा सञ्चालनका लागि सरोकारवालाहरु संग अभिमुखिकरण कार्यक्रम " एक कार्यक्रमका बीच सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा बोल्दै स्वास्थ्य चाैकीका प्रमुख रेशम बहादुर सुनारले किशोर किशोरीको उमेरमा हुने हर्मोनल परिवर्तनको कारण शारीरिक र मानसिक परिवर्तन प्राकृतिक ऊर्जा भएता पनि अनावश्यक र अनैतिक क्रियाकलापलाई निरुत्साहित गर्दै सन्तुलित स्वस्थ्य क्रियाकलाप गर्नु पर्नेमा जोड दिनु भएकाे छ । यस कार्यलाई सफल पार्न अभिभावक समेतको निगरानी र दायित्व महत्त्वपूर्ण रहेको भन्दै सहभागी सिक्टहन र प्रगति माविका १/१ जना किशोर किशोरीहरुको प्रतिनिधिमुलक सहभागितालाई जानकारी गराउनु भयाे । अनैतिक रूपमा हुने गरेको अनिच्छित गर्भधारण हुँदा परिवारका सदस्य संग भन्न कठिनाइ भए स्वयम् स्वास्थ्य संस्थामा गई जानकारी गराउनु पर्ने र स्वयं सचेत हुनुपर्ने समेत स्पष्ट पार्नु भयो । यस्तो अवस्थामा सुरक्षित गर्भपतन गराउन सकिने र अन्य थप स्वास्थ्य परिक्षण सुविधा समेत उपलब्ध रहेको जानकारी गराउनु भयो। त्यस्तै आज समाजमा ब्याप्त कुलतमा लागेका कुनै किशोर किशोरीहरुलाई प्रत्यक्ष देखेकाे अवस्थामा परिवारको सदस्य हाेइन भनेर बेवास्ता गर्दा आफ्नो बालबालिका समेतको लागि पनि प्रत्यक्ष अप्रत्यक्ष असर पुग्ने भएकोले अभिभावक समेत र सजग हुनु पर्ने जानकारी गराउनु भयो । यस्ता सचेतनामुलक कार्यक्रममको लागि वार्ड बाट रकम विनियोजन गर्न सके थप फलदायी हुने समेत अनुरोध गर्नु भयो।
कार्यक्रमको अध्यक्षता वार्ड नं १२ का अध्यक्ष डेग बहादुर सारुले गर्नु भएको थियो भने स्वागत मन्तब्य स्वास्थ्य कर्मी अनिता पण्डितले गर्नु भएको थियो। उक्त कार्यक्रमममा विद्यालय व्य. स.अध्यक्ष ,स्वास्थ्य स्वयम सेविका,किशोर किशोरी-आमा समुह,विद्यालयका प्र .अ को उपस्थिति रहेको थियो। यस कार्यक्रमलाई सिक्टहन माविका प्रधानाध्यापक दिनेश त्रिपाठीले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नु हुँदै कार्यक्रमा आफू र आफ्नो विद्यालयलाई आमन्त्रण गरी केही शब्द बोल्ने अवसर दिनु भएकोमा धन्यबाद ज्ञापन गर्नु भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij