सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदह -३ मा वडा अध्यक्ष सङ्ग स्वास्थ्य कार्यक्रम सुरुवात

देवदह -३ मा वडा अध्यक्ष सङ्ग स्वास्थ्य कार्यक्रम सुरुवात

images
  • 335
    SHARES

  • images
    images
    images
    देवदह -३ मा वडा अध्यक्ष सङ्ग स्वास्थ्य कार्यक्रम सुरुवात
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदह नगरपालिका -३ मा वडा स्तरीय कार्यक्रम अन्तर्गत अध्यक्ष सङ्ग स्वास्थ्य कार्यक्रम सुरु भएको छ।आइतबार देवदह -३ का वडा अध्यक्ष यज्ञ प्रसाद अर्यालले कार्यक्रमको सुरुआत गरिएको जानकारी दिनुभयो ।

     

    images
    images
    images

    IMG-20251117-WA0001.jpg

     

    महिलाको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिँदै स्वास्थ्य सचेतना अभिवृद्धि र नियमित जाँचलाई सुदृढ बनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष अर्यालले बताउनुभयो।

    विशेष गरी ग्रामीण क्षेत्रमा महिलाहरु आफ्नो स्वास्थ्य समस्या बारे खुल्न नचाहाने र परिक्षण गर्दा समस्या जटिल हुने भएकोले बेलैमा रोगको पहिचान गर्न सके स्वास्थ्य अवस्थाबारे सचेत हुन सहयोग पुग्ने अध्यक्ष अर्यालको दावी छ।

    महिलाको स्वास्थ्य सुदृढ भएरै परिवार र समाज स्वस्थ बन्ने भएकाले यो पहललाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन्। स्थानीय महिलाहरूले पनि कार्यक्रम नियमित हुने हो भने निकै लाभ हुने वडा कार्यालयको प्रतिक्रिया छ।

    प्रारम्भिक जांच बाट नै सक्रमण अवस्था पता लगाई उपचारको दायरामा ल्याउने उद्देश्यले वडा अध्यक्ष सङ्ग स्वास्थ्य कार्यक्रम अन्तर्गत पाठेघरको मुखको क्यान्सर सम्बन्धी भिआई ए जांच आधारभुत स्वास्थ्य सेवा केन्द्र शिसपुरमा हरेक २ - २ महिनामा गर्ने गरि यस आ. व ०८२/०८३ सम्म गरिने लक्ष्य लिइएको आधारभुत स्वास्थ्य सेवा केन्द्र शिसपुरका प्रमुख डिल्लेश्वर श्रेष्ठले जानकारी गराउनु भयो।

    बिशेष गरि वडा न ३ ले स्वास्थ्य सेवालाई महत्त्व दिई जानेर वा नजानेर लुकेर वा लुकाएर राखिएका रोगहरुलाई पहिचानको दायरामा ल्याई जटिल अवस्था सम्म जान नदिने र मृत्यु हुने अवस्था बाट बचाउने वडा अध्यक्ष सङ्ग स्वास्थ्य कार्यक्रमको उदेश्य रहेको छ।

    आइतबारबाट शुरु भएको पाठेघरको मुखको क्यान्सर सम्बन्धि भि आई ए जांच तालिम प्राप्त नर्सिङ निरु श्रेष्ठ र कमला भण्डारीले गर्नु भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij