सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

चरङ्गे भूमिगत खानेपानी संस्थाको आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर

चरङ्गे भूमिगत खानेपानी संस्थाको आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर

images
  • 400
    SHARES

  • images
    images
    images
    चरङ्गे भूमिगत खानेपानी संस्थाको आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर
    images
    images
    images

    लुम्बिनी पाना, देवदह ।रुपन्देहीको देवदह -१० मा अवस्थित चरङ्गे भूमिगत खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आयोजनामा उपभोक्ताको लागी निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।बुधबार देवदहको चरङ्गेमा आँखा जांच, मधुमेह, कोलेस्ट्रोल तथा मृगौला परिक्षण शिविर सम्पन्न भएको हो।

    संस्थाको २७५ उपभोक्ता सहभागी भएको बृहत् शिविरमा १७६ जनाको आँखा शिविर र ९९ जनाको मधुमेह, कोलेस्ट्रोल र मृगौला परिक्षण गरिएको संस्थाका अध्यक्ष पोम बहादुर जिसिले जानकारी दिनुभयो।

    images
    images
    images

    लायन्स क्लब अफ बुटवल देउरालीको प्राविधिक सहयोगमा सम्पन्न आँखा जांच शिविरमा ३० जना मोतिया विन्दुको विरामी फेला परेको र उनीहरुलाई थप उपचारको लागि संस्थाले सहजीकरण गर्ने संस्थाले जनाएको छ।स्वास्थ्य शिविरको सहजीकरण भवानी सिटी हेल्थ क्लिनिक प्राली बुटवलले गरेको थियो।स्वास्थ्य शिविरको रिपोर्ट भने केही दिन पछि आउने क्लिनिकले जनाएको छ।

    संस्थाका अध्यक्ष पोम बहादुर जिसी, संस्थाका उपाध्यक्ष खेमराज गुरुङ, सचीव खिम पुन लगायत संस्थाका प्रतिनिधी, कर्मचारी एवं उपभोक्ताहरुको कार्यक्रममा सहभागीता रहेको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij