सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

रिसाएका रावललाई माधव नेपालले फकाएर भने :अब दायाँ बायाँ नसोची राजीनामा फिर्ता लिनुस्’

रिसाएका रावललाई माधव नेपालले फकाएर भने :अब दायाँ बायाँ नसोची राजीनामा फिर्ता लिनुस्’

images
  • 489
    SHARES

  • images
    images
    images
    रिसाएका रावललाई माधव नेपालले फकाएर भने :अब दायाँ बायाँ नसोची राजीनामा फिर्ता लिनुस्’
    images
    images
    images

     

    काठमाडौं । ‘तपाईँले किन राजीनामा दिनुभयो । अब, राजीनामा फिर्ता लिनुहोस्। राजीनामा फिर्ता लिएपछि बाँकी कुराहरु गरौँला । त्यसैले अब केही नभनिकन राजीनामा फिर्ता लिनुहोस् । राजीनामा दिने तपाईको अधिकार हो भनेर हामीलाई पनि थाहा छ तर, राजीनामा फिर्ता लिनुस् भन्ने पनि त हाम्रो अधिकार छ ।’

    images
    images
    images

    बुधबार नेकपा एमाले उपाध्यक्ष भीम रावललाई उनकै निवासमा टोखामा भेटेर वरिष्ठ नेता माधवकुमार नेपालले सम्झाईबुझाई गरे । राजीनामा दिए पनि अझैँ केही बिग्रिनसकेको र फिर्ता लिएर बाँकी कुराहरु गर्नुपर्ने पनि नेता नेपालले रावलसँग भने ।

    नेता नेपालको कुरा सुनेपछि रावलले केही लचकता देखाए । तैपनि राजीनामा फिर्ताबारे पूर्ण विश्वास दिलाएनन् ।

    साउन २ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन नेता नेपालले आफूनिकट सबै सांसदहरुलाई उर्दी जारी गर्दा रावल रिसाएका थिए । र, उनले सांसद पदबाटै राजीनामा दिएका थिए ।

    पार्टी एकता गर्न १० बुँदे सहमति अन्तिममा अवस्थामा पुग्दा नेता नेपालको त्यस्तो निर्देशन पाएपछि रावलले मिडियासामू नै राजीनामा पत्र पढेर सुनाएका थिए । त्यसरात नेपालसहित २२ सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए ।

    त्यसयता नेपाल र रावलको भेटघाट भएको छैन । बुधबार नेपालले आफूनिकट स्थायी कमिटीको बैठकका डाकेका थिए तर, रावल अनुपस्थित भएपछि भेट्न उनकै निवास टोखा पुगेका थिए ।

    रावलको निवासबाट छुट्नअघि पनि नेपालले दायाँ बायाँ केही नसोचेर राजीनामा फिर्ता लिन सुझाव दिएका छन् ।

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, श्रावण ६ २०७८०९:४५:१७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij