सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

जथाभाबी बाटो काट्ने बानी छ भने त्यागिदिनुहोस ,नत्र २० मिनेट क्लास लिनुपर्ला ।

जथाभाबी बाटो काट्ने बानी छ भने त्यागिदिनुहोस ,नत्र २० मिनेट क्लास लिनुपर्ला ।

images
  • 2.4K
    SHARES

  • images
    images
    images
    जथाभाबी बाटो काट्ने बानी छ भने त्यागिदिनुहोस ,नत्र २० मिनेट क्लास लिनुपर्ला ।
    images
    images
    images

    अबदेखि पैदलयात्रुले पनि ट्राफिक नियम उल्लंघन गरे २० मिनेट क्लास लिनुपर्ने भएको छ।

    सोमबारदेखि पैदलयात्रुले जेब्राक्रस,आकाशेपुलको प्रयोग नगरी जथाभावी बाटो काटे ट्राफिक प्रहरीले सचेतना कक्षा लिने भएको हो।
    'पैदलयात्रुले बाटोमा हिँड्दा र बाटो काट्दा ट्राफिक नियम पालना नगरे समातेर २० मिनेटको कक्षा लिनुपर्ने व्यवस्था आजदेखि सुरू गरेका हौं,' ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले भने।
    कक्षामा सडक सुरक्षा र ट्राफिक नियमबारे सिकाइनेछ।

    rule-20-zebra-crossings-with-a-central-island-are-two-separate-crossings_orig.jpg

    त्यस्तै, उनीहरूकै माध्यमबाट घरघरमा सचेतनाको लागि पर्चा पम्पलेट समेत वितरण गर्ने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
    यो अभियान हाललाई भोटाहिटी र वीर अस्पताल अगाडीबाट सुरू गरिएको र पछि अन्य स्थानमा पनि विस्तार गरिने महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठ जानकारी दिए।

    कारबाहीमा परेका पैदलयात्रु कक्षा नलिइ जान पाउने छैनन्। साथै पहिलो दिन नै एक हजार जनालाई सचेतना कक्षा सञ्चालन गरिसकेको प्रवक्ता श्रेष्ठले बताए। यस आर्थिक वर्षमात्रै उपत्यकामा ७६ मध्ये ३२ जना पैदलयात्रुको सवारी दुर्घटनामा ज्यान गएको छ।
    गतवर्ष भने २५४ मध्ये ९३ जना पैदलयात्रुले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए।

     

    images
    images
    • सोमवार, पौष २८ २०७६०३:१७:४२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij