सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

नेतृत्वको दवाव र सुझावपछि अन्तत :उपसभामुखले राजीनामा दिने

नेतृत्वको दवाव र सुझावपछि अन्तत :उपसभामुखले राजीनामा दिने

images
  • 1.1K
    SHARES

  • images
    images
    images
    नेतृत्वको दवाव र सुझावपछि अन्तत :उपसभामुखले राजीनामा दिने
    images
    images
    images

    काठमाडौँ —अन्ततः उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिने भएकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी पुस ४ गते संसद अधिवेशन बोलाएपछि तुम्बाहाङ्फेले राजीनामा दिने भएकी हुन् ।
    सभामुख र उपसभामुख एउटै पार्टीको हुन नहुने संवैधानिक व्यवस्था कार्यान्वयनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले तुम्बाहाङ्फेलाई राजीनामा गर्न सुझव दिँदै आएको थियो ।
    नेकपाले तुम्बाहाङ्फेलाई उपसभामुखमा कायमै राखे सभामुख पदमा उम्मेदवारी दिन नपाउने बाध्यता रहेकाले उनलाई राजीनामा गराउन लागिएको नेकपा उच्च स्रोत बताउँछ ।
    कृष्णबहादुर महरा महिला दुर्व्यवहार प्रकरणमा मुछिएपछि गत असोज १४ यता खाली सभामुख पदपुर्ति गर्न निर्वाचन गर्नुपर्ने हुन्छ । संविधानमा सभामुख र उपसभामुख फरक पार्टीको हुनुपर्ने व्यवस्था हुनुका साथै सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनैपर्ने अनिवार्य संवैधानिक व्यवस्था छ ।
    सत्तारुढ दल नेकपा सभामुख आफ्नो दलको बनाएर उपसभामुख अन्य दललाई दिन चाहान्छ । त्यसका लागि उपसभामुखबाट तुम्बाहाङ्फेले राजीनामा दिनुपर्ने हुन्छ । त्यसका लागि नेकपा नेतृत्वले उनलाई पटकपटक मनाउने प्रयास गर्दै आएको थियो । अन्ततः तुम्बाहाङ्फे नेतृत्वको दवाव सुझावपछि राजीनामा गरेर सहज वाताबरण बनाउने निष्कर्षमा पुगेकी हुन् ।
    म सरसल्लाहमै छु । उपयुक्त समय आएपछि निकास दिनुपर्छ भन्ने ठानेकी छु ।
    यसअघि तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी ओलीले पटक पटक बोलाएर राजीनामा गर्न सुझाव दिएका थिए । त्यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि राजीनामाबारे अनौपचारिक कुराकानी भएको उनले स्वीकार गरिन् । त्यस्तै नेकपा संसदीय दलका उपनेता सुवास नेम्वासँग पनि छलफल गरेपछि तुम्वाहाङ्फे राजीनामा गर्ने निष्कर्षमा पुगेकी हुन् ।

    Capture.PNG

    images
    images
    images

    images
    images
    • बुधवार, मंसिर २५ २०७६०१:२८:२४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij