काठमाडौं । सरकारले बिहीबार देशभर सार्वजनिक बिदा नभएको जनाएको छ । मंसिर पूर्णिमामा उधौली पर्व, धान्यपूर्णिमा र योमरीपुन्हि परेकोले सार्वजनिक बिदा दिन सरकारसँग प्रस्ताव गरिएको थियो ।
गृह मन्त्रालयका प्रवक्त केदारनाथ शर्माले सार्वजनिक बिदा दिने निर्णय नभइसकेको जानकारी दिए ।
‘भोलि (बिहीबार) सार्वजनिक बिदा दिने बारे कुनै जानकारी छैन, मन्त्रालयले पनि कुनै निर्णय गरिसकेको छैन,’ शर्माले भने, ‘अहिले केही भन्न सकिन्न ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij