मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

यस्तो आयो प्रचण्डको राजनीतिक प्रतिबेदन ,,गुट उपगुट कायमै रहे पार्टी सकिने खतरा !!!

यस्तो आयो प्रचण्डको राजनीतिक प्रतिबेदन ,,गुट उपगुट कायमै रहे पार्टी सकिने खतरा !!!

images
  • 1.3K
    SHARES

  • images
    images
    images
    यस्तो आयो प्रचण्डको राजनीतिक प्रतिबेदन ,,गुट उपगुट कायमै रहे पार्टी सकिने खतरा !!!
    images
    images
    images

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा संस्थागत हुन नसकेको स्वीकार गरेका छन् ।
    आइतबारबाट सुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले जारी गरेको राजनीतिक प्रतिवेदनमा नेकपा संस्थागत ढंगले चल्न नसकेको तथा अन्योलग्रस्त अवस्थामा रहनुका साथै गुटबन्दी मौलाएको निष्कर्ष निकालिएको छ ।
    प्रचण्डले बैठकमा जारी गरेको प्रतिवेदनको ‘पार्टी एकता सुदृढ गर्ने सम्बन्धमा’ उपशीर्षकमा पार्टी एकताको ऐतिहासिक महत्त्व र देशको राजनीतिक निकासमा एकताले असाधारण भूमिका खेलेपनि पार्टी एकतालाई पूर्णता दिन भएको ढिलाइका कारण पार्टीमा अन्योल र गुटबन्दी मौलाएको उल्लेख छ ।
    ‘पार्टी एकतालाई पूर्णता दिन भएको ढिलाइ, पार्टीको आधिकारिक र व्यवस्थित प्रकाशन, प्रचार प्रशिक्षण र स्कुलिङको अभावका कारण आज पार्टी संगठन अन्योलग्रस्त अवस्थामा रहेको छ । पार्टी संस्थागत छैन । बरु विभिन्न प्रकारका गुटहरु झाँगिदै जान थालेका छन्’, प्रचण्डले भनेका छन् । त्यस्तै उनले पार्टीभित्र घात अन्तर्घात र अराजकाताका प्रवृत्तिहरु बढिरहेको उल्लेख गरेका छन् ।

    ‘पार्टी अनुशासनको स्तर दयनीय अवस्थामा छ । पार्टी अनुशासनको स्थान गुट अनुशासनले लिने खतरा दिनप्रतिदिन बढ्दै गएको छ’, प्रचण्डको ठहर छ ।

    images
    images
    images

    17201130_1240985089283814_1354976833963844895_n.jpg

    images
    images
    • आइतवार, मंसिर २९ २०७६०२:१२:४९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij