मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

प्रधानमन्त्रीलाई साथ रहने लोसपाका अध्यक्ष ठाकुरको वचन

प्रधानमन्त्रीलाई साथ रहने लोसपाका अध्यक्ष ठाकुरको वचन

images
  • 349
    SHARES

  • images
    images
    images
    प्रधानमन्त्रीलाई साथ रहने लोसपाका अध्यक्ष ठाकुरको  वचन
    images
    images
    images

    काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि प्रधानमन्त्रीसँग खुसी भएका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारीलगायतका नेताहरूले सोमबार प्रधानमन्त्रीलाई भेटेर सरकारलाई आफ्नो सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

    लोसपाका नेताहरू सरकारमा जान पनि इच्छुक देखिएका छन्। यद्यपि सोमबार भएको प्रधानमन्त्रीसँगको भेटमा सरकारमा जानेबारेमा ठोस छलफल नभएको लोसपाका नेताहरूले जनाएका छन्। टीकापुर घटना भएको संस्मरणमा आफूहरूले प्रधानमन्त्रीलाई भेटेको भेटमा सहभागी शरत्सिंह भण्डारीले भने। ‘आजकै दिनमा टीकापुर घटना भएको थियो। सो घटनाको आरोपमा अहिले पनि रेशम जेलमा छन्,’ भण्डारीले भने, ‘सबैले रेशम चौधरी निर्दोष छन् भन्ने तर रिहाइ गर्दैनन्।

    images
    images
    images

    यसैबारेमा ध्यानाकर्षण गराउन प्रधानमन्त्रीलाई भेटेका हौं ।’ चौधरीको रिहाइको विषयमा प्रधानमन्त्रीले सकारात्मक जवाफ दिएको भेटमा सहभागी अर्का नेता उमाशंकर अरगरैयाले भने। ‘यो विषय अहिले अदालतको प्रक्रियामा छ। अदालतको निर्णय हेरांै। त्यसपछि के पर्छ वा मन्त्रिपरिषद्बाट माफी दिने हो कि यसबारेमा छलफल गरौंला भनी प्रधानमन्त्रीज्यूले भन्नुभयो,’ अरगरैयाले भने।

    भेटमा लोसपाले उठाएका माग मुद्दाबारेमा पनि छलफल भएको सहभागी नेताहरूले जनाएका छन्। जवाफमा प्रधानमन्त्रीले उठाएका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको लोसपाका नेताहरूले जनाएका छन्। अरगरैयाले भने, ‘प्रधानमन्त्रीज्यूलाई हाम्रो अध्यक्षज्यूले तपाईं हाम्रा माग मुद्दा सम्बोधन गर्नुहोस्। तपाईंलाई हाम्रो तर्फबाट साथ सहयोग हुन्छ भनी प्रष्टसँग भन्नुभएको छ ।’ प्रधानमन्त्रीलाई भेट्न सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण पनि बालुवाटार पुगेका थिए ।

    प्रधानमन्त्रीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि त्यसको फाइदा उठाउँदै ठाकुर, महतोलगायतका नेताहरूले निर्वाचन आयोगमा लोसपा पार्टी दर्ताका लागि निवेदन दिएका छन्। भेटमा अध्यादेश ल्याएको विषयमा आफूहरूले प्रधानमन्त्रीलाई धन्यवाद दिएको भण्डारीले जनाए। ‘सरकारले अध्यादेश ल्याएर राजनीतिक निकास दिएको छ। यसमा हामीहरू तपाईंसँग आभारी छौं भनी प्रधानमन्त्रीलाई भन्यौं,’ भण्डारीले भने।

    सरकारलाई अध्यादेश ल्याउन आग्रह गर्दै ठाकुर, महतोलगायतका नेताहरूले अध्यादेश ल्याउनुभन्दा अघिल्लो दिन प्रधानमन्त्रीलाई भेटेका थिए। सरकारले अध्यादेश नल्याएको भए ठाकुर, महतोलगायतका नेताहरू अहिले जनता समाजवादी पार्टीमै रहन्थे। पार्टी फुटाउन कार्यकारिणी समिति र संसदीय दलमा ४० प्रतिशत संख्या उनीहरूसँग पुग्दैनथ्यो।

    यता जसपाका अध्यक्ष उपेन्द्र यादवले ठाकुर, महतोलगायतका नेताहरूलाई पेल्दै गएका थिए। सुरुमा ठाकुरलाई अध्यक्ष पदबाट हटाए। त्यसपछि ठाकुर र ठाकुरनिकट १६ जना नेताहरूलाई कार्यकारिणी समितिबाट समेत हटाए। त्यसपछि केन्द्रीय समितिबाट हटाए। ठाकुर, महतोलगायतका नेताहरूलाई थाहा नदिई यादवले केन्द्रीय समितिको बैठक बोलाए।

    त्यति हुँदाहुँदै पनि ठाकुर, महतोलगायतका नेताहरू सार्वजनिक रूपमा आफूहरू जसपामै रहेको प्रतिक्रिया दिन्थे। अर्को पार्टी खोल्नेबित्तिकै उनीहरूको सांसद पद जान्थ्यो। त्यसैले अपमान सहेर भए पनि उनीहरू जसपामै बसेका थिए। सरकारले अध्यादेश ल्याएपछि नयाँ पार्टी खोल्न बाटो खुला भएको हो ।

    यो समाचार आजको नागरिक दैनिकमा छ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, भाद्र ८ २०७८०७:३५:०१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij