मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

(नेकपा) नेतृत्वको सरकारको दुई तिहाई बहुमतको सरकार ,बहुमतको सरकारमा परिणत !

(नेकपा) नेतृत्वको सरकारको दुई तिहाई बहुमतको सरकार ,बहुमतको सरकारमा परिणत !

images
  • 1000
    SHARES

  • images
    images
    images
    (नेकपा) नेतृत्वको सरकारको दुई तिहाई बहुमतको सरकार ,बहुमतको सरकारमा परिणत !
    images
    images
    images

    पुस, ९ काठमाडौं । समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले दुई तिहाई बहुमत गुमाउने भएको छ ।यद्यपी मंगलबारसम्म समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।
    समाजवादी पार्टीसमेत सम्मिलित हुँदा दुई तिहाइ सदस्यको समर्थन रहेकामा उक्त पार्टी बाहिरिएसँगै केपी शर्मा ओली नेतृत्वको सरकारलाई साधारण बहुमत मात्र कायम हुनेछ ।
    समाजवादी पार्टी बाहिरिँदा सरकारको वैधानिकतामा प्रश्न नउठे पनि सरकारले चाहँदा संविधान संशोधनलगायत संसदमा दुई तिहाइ बहुमत चाहिने विषयमा बहुमत पुग्दैन ।
    २७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइ बहुमत पुर्‍याउन सरकारको पक्षमा १ सय ८३ जना सांसद हुनुपर्नेछ । तर नेकपासँग १ सय ७४ जना सांसद छन् ।

    24909581_805917509581006_5066275688243307546_n.jpg

    images
    images
    images

    समाजवादी पार्टीका १७ जना सांसद छन् । पहिले १६ जना सांसद रहेको संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी एकतापछि समाजवादी पार्टीमा १७ सांसद पुगेका हुन् । मंगलबारसम्म सरकारलाई सर्मथन गर्ने सांसदको संख्या १९१ जना छ ।
    समाजवादी पार्टीको समर्थन सरकारलाई रहिरहने वा नरहने भन्नेबारे बुधबार निर्णय गरिने पार्टी स‌ंसदीय दलका प्रमुख सचेतक उमाश‌ंकर अरगरियाले बताए । यसबारे बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलनमा जानकारी दिने उनले बताए ।
    समाजवादी पार्टीले संविधान संशोधन गर्नेलगायत दुई बुँदे सहमति गर्दै सरकारलाई समर्थन गरेको थियो । तर सोमबार मन्त्रिपरिषद बैठकमा आफूले लगेको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेपछि सहमति तोडिएको भन्दै उक्त पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले सरकार छाडेका छन् ।
    समाजवादी पार्टीबाटै मन्त्री भएका शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले पनि सरकार छाडेका छन् ।
    साभार

     

    images
    images
    • बुधवार, पौष ९ २०७६०२:२९:३७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij