असोज ११ बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद के.सीले प्रदेश सरकारले प्रस्तावका रुपमा संसदमा दर्ता गरेको संञ्चार विधेयक श्रमजिवि पत्रकारहरुको पक्ष हुने बताउनु भएको छ । आइतबार नेपाल पत्रकार महासंघ रुपन्देहीले आयोजना गरेको उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार वितरण तथा आधारभूत पत्रकारिता कार्यक्रम समापन समारोहमा बोल्दै मुख्यमन्त्री के.सीले लुम्बिनी प्रदेशमा दर्ता गरेको सञ्चार विधेयममा आवश्यक छलफल परामर्शबाट मात्रै दीर्घकालनी रुपमा विधेयकको अर्थ र मर्म बोध हुने बताउनु भएको हो 
विधेयकलाई सबैको पराशर्ममा उष्कृष्ट कानून बनाउन सकिन्छ तर फिर्ता गर्दा समय र प्रक्रिया लामो हुन्छ, त्यसका लागि राजनीतिक अवस्था पनि अनुकुल नभएकोले यसलाई बरु त्यस भित्रका संसोधन गर्ने विषयमा संशोधन गरी अगाडि बढेर समयमै जारी गर्न सकेमा सबैलाई हित हुने बताउनुभयो । मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले लिएको विधेयकलाई कसैको जीत र हार भन्दा पनि सबैको लागि हित हुने विषयबाट छलफल गरी अगाडि बढाउनको लागि पत्रकार महासंघले अगुवाई गर्नुपर्ने बताउनुभयो ।
उहाँले विधेक संसोधन गर्दा उपयुक्त हुने र यस विषयमा बहस गरि सबैको हितका लागि हुने बताउनु भएको हो । लुम्बिनी प्रदेशलाई संञ्चार मैत्री प्रदेश निर्माण गर्नका लागि आफू लागेको बताउँदै सरकारको अभियानमा सबैले हातेमालो गर्नका लागि आग्रह गर्नुभयो । उहाँले पत्रकारीता क्षेत्र समाजलाई ज्ञान, सचेतना प्रदान गर्ने माध्यम भएकोले यसको विकास र विस्तार आवश्यक रहेको बताउँदै सरकारले पनि यस क्षेत्रमा नयाँ गतिका साथ काम गर्ने बताउनुभयो ।
उहाँले युग परिवर्तनका लागि मोफसलका साना लगानीमा सञ्चालित मिडियाहरुको ठूलो योगदान रहेको बताउँदै ती मिडियाहरुको प्रर्वद्धनका लागि सरकारले निती बनाउर्ने तर्फ लागेको बताउनुभयो । उहाँलाई मिडिया सञ्चालक र मिडियाकर्मी बीचको अन्तरविरोधलाई गहिरो ढंगले अध्ययन गरी अगाडि बढ्नका लागि अनुरोध गर्नुभयो । सञ्चार माध्यमको भूमिका जनतालाई सचेत बनाउन र जनताको समास्यालाई सरकारसम्म लिइ दिनका लागि आम पत्रकारलाई आह्वान गर्दै आम जनतालाई सचेत बनाई जनताको भावना अभिव्यक्ती स्वतन्त्रतालाई ध्यान दिएर लेख्न, बोल्नका लागि अनुरोध गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष गोविन्द आचार्य, नेपाल पत्रकार महासंघका रुपेन्देहीका संस्थापक अध्यक्ष डा.वालकृष्ण चापागाई, पत्रकार महासंघका रुपन्देहीका पूर्व अध्यक्ष विनोद पहाडी, प्रेस यूनियनका रुपन्देहीका अध्यक्ष रेखा भूषाल, प्रेस चौतारी रुपेन्देहीका अध्यक्ष अमृत गिरी, प्रेस संगठन नेपाल रुपन्देहीका अध्यक्ष कमल रायमाझी, क्रान्तिकारी पत्रकार संघका टेक मास्के लगायत बोल्नु भएको थियो । उत्कृष्ट वातावरण पत्रकारिता पुस्कार २०७८ बाट अनलाई खवरका टोपराज शर्मा, विद्यावारधी गर्नुभएका डा.बालकृष्ण चापागाईलाई सम्मान गरेको थियो । कार्यक्रम नेपाल पत्रकार महासंघ रुपेन्देहीका अध्यक्ष रामराज पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने सचिव विनोद परियारले सञ्चालन गर्नुभएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij