देवदह । नेपाल कम्युनिस्ट पार्टी एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल देवदह नगर कमिटी अन्तर्गत वडा नम्बर ५ र ६ को युवा भेला भब्य रुपमा सम्पन्न भएको छ ।भेलाले वडा नम्बर ५ मा रेमन अर्यालको अध्यक्षतामा ३१ सदस्यीय र वडा नम्बर ६ मा सुमन श्रेष्ठको अध्यक्षतामा ३० सदस्यीय वडा कमिटी अध्यक्षतामा गठन गरेको छ । वडा भेलामा प्रमुख अतिथि राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य,अजय रौनियार,सुरज खरेल,राष्ट्रिय युवा संघ रुपन्देही जिल्ला सह-संयोजक विकास गहतराज,हिरा बहादुर थापा लगायतले बोल्दै लाखौं युवाहरूको लोकप्रिय संगठन राष्ट्रिय युवा संघमा आबद्ध भएर समाज र देशको सकारात्मक परिवर्तनमा लाग्न युवाहरूलाई आग्रह गर्नु भएको थियो ।देवदह क्षेत्र दुर्व्यसन र अपराधको अखडा भएर परिचीत भएको भन्दै अब युवाहरूले सकारात्मक काम गरेर देवदहलाई चिनाउनु पर्नेमा बक्ताहरुले जोड दिएका थिए। वडा भेला धनराज सुनारको अध्यक्षता,मिठ्ठु गिरिको स्वागत,राष्ट्रिय युवा संघ नेपालका रुपन्देही जिल्ला कार्यालय सदस्य मधु श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij