बुधबार २ बजे सम्म मनोनयन फिर्ता लिने समय
देवदह । नेपाल कम्युनिस्ट पार्टी एमालेको प्रथम नगर अधिबेशन देशभरका पालिकाहरुमा एकसाथ सुरु भएको छ।केही पालिकाहरुमा सर्बसम्मत नतिजा आइरहेका छन् भने केही पालिकाहरुको नतिजा आउन बाँकि छ। केही पालिकाहरुमा भने सर्बसम्मत हुन नसक्दा मनोनयन फिर्ता लिने समय जारी गर्दै अधिबेशन स्थगित गरिएको छ। देवदह नगरपालिकामा अध्यक्ष पदको लागि ६ जनाले मनोनयन दर्ता गरेका छन् ।अध्यक्ष पदको लागि दावी पेश गर्नेहरुमा गुमान सिंह कुवंर
टिकाराम चापागाईं
,बिष्णु प्रसाद पौडेल
,दिवाकर अधिकारी,बोधराज गौडेल र केशव प्रसाद भट्टराई रहेका छन् ।
त्यस्तै उपाध्यक्ष पदका लागि ७ जनाले मनोनयन दर्ता गराएका छन् ।
हिरा बहादुर थापा,रुका सापकोटा,कमल पाण्डे,नामदेव अर्याल,गिता भण्डारी,रुपा ढुंगाना र कोष बहादुर गुरुङले उपाध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका हुन् । त्यस्तै सचीव पदका लागि ५ जनाले मनोनयन दर्ता गराएका छन् ।बिष्णु अर्याल,जागेश्वर पङ्गेनी,मधु श्रेष्ठ,कृष्ण पौडेल र मेघनाथ पौडेलले सचीव पदका लागि दावी पेश गरेका हुन् ।त्यसै गरि उपसचिव पदका लागि अजय रौनियार र कृष्ण पाण्डे लगायत १५ जनाले दावी गरेको निर्वाचन मण्डल समितीका संयोजक दासिराम पाण्डेले जानकारी दिनुभयो । मनोनयन फिर्ताका लागि बुधबार दिउँसो २ बजे सम्मको समय टोकिएको र उक्त समय अवधी भित्र सहमति हुन नसके निर्वाचन प्रक्रियामा जाने संयोजक पाण्डेले जानकारी दिनुभयो। पदाधिकारी छ्नोटका लागि वडा अधिबेशन बाट छनोट भएका प्रतिनिधिहरु,वडा कमिटीका पदाधिकारी र वर्तमान नगरका पदाधिकारी गरि ४ सय ९ जनाले मतदान गर्नेछन् ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij