नेकपा एमाले देवदह नगर अधिबेशन
देवदह । नेकपा एमालेको प्रथम अधिबेशन देशभरका स्थानीय तहहरुमा एक साथ भएको छ।केही स्थानीय तहमा सर्वसम्मत भए पनि केही पालिकाहरुमा भने नेतृत्व चयनका लागि निर्वाचन हुने देखिएको छ। नेकपा एमाले देवदह नगरको अध्यक्ष पदका लागि ६ जना,उपाध्यक्ष पदका लागि ७ जना र सचीव पदका लागि ५ जनाले मनोनयन दर्ता गरेका छन् ।
यसै विच नेकपा एमाले देवदह नगर सचीव पदका लागि युवा नेता मधु श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको नगर सदस्यबाट राजनीति सुरु गरेका श्रेष्ठ देवदह व्यापार संघका वर्तमान सचीव समेत हुन् ।व्यवसाय सङ्गै राजनीतिमा होमिएका उनी युवाहरूलाई आन्दोलनमा मात्र नभएर राजनीतिमा नेतृत्वको भूमिका समेत दिनुपर्ने बताउँछन् ।
राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीको जिल्ला कार्यालय सदस्य समेत रहेका श्रेष्ठले युवाहरु अब राजनीति सङ्गै व्यावसायमा समेत जोडिएर देशको अर्थतन्त्र बलियो बनाउन लाग्नु पर्ने बताउँछन् । पार्टीमा अब युवा पुस्ताले नेतृत्व गर्नुपर्ने बताउँदै अब पाका नेताहरूले विश्राम लिनुपर्ने उनको तर्क छ। नेकपा एमालेमा युवा नेतृत्वलाई स्थापित गर्ने नेताहरुले पटकपटक भाषण गरेको सुनिन्छ ।युवा नेतृत्वलाई नेतृत्वमा पुर्याउने कुरा भाषणमा मात्र सिमित रहन्छ अथवा ब्यवहारमै लागू हुन्छ त्यो भने हेर्न बाकीनै छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij