नेकपा एमाले देवदह नगर अधिबेशन
देवदह । नेकपा एमालेको प्रथम अधिबेशन देशभरका स्थानीय तहहरुमा एक साथ भएको छ।केही स्थानीय तहमा सर्वसम्मत भए पनि केही पालिकाहरुमा भने नेतृत्व चयनका लागि निर्वाचन हुने देखिएको छ। नेकपा एमाले देवदह नगरको अध्यक्ष पदका लागि ६ जना र सचीव पदका लागि ५ जनाले दावी गरेका छन् ।
यसै विच देवदह नगर सचीवका लागि युवा विद्यार्थी नेता कृष्ण पौडेलले उम्मेदवारी घोषणा गरेका छन् । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रिय सदस्य समेत रहेका पौडेल देवदह आदर्श बहुमुखी क्याम्पसको स्वबियु सभापति समेत हुन् ।युवाहरु कार्यकर्ता मात्र होईन ,अब नेतृत्व हाक्न समेत अग्रसर हुनुपर्छ भन्ने कुरालाई आत्मसात गर्दै आफुले सचीव पदमा उम्मेदवारी घोषणा गरेको पौडेलले बताए। अनेरास्ववियु इकाई सदस्यबाट राजनीति सुरु गरेका युवा विद्यार्थी नेता पौडेलले अनेरास्ववियु जिल्ला हुँदै केन्द्रिय सदस्य समेत भएर विभिन्न तहमा सक्रिय भएर काम गरेका छन् । नेकपा एमालेमा युवाको आवश्यकता र पार्टीमा युवा नेतृत्व को खाचो रहेको भन्दै उनले आफू नगर सचीवको उम्मेदवार भएको बताए ।
देवदह क्षेत्रमा थुप्रै सामाजिक कार्यमा सक्रिय भएर लागेका युवा नेता पौडेलले कोभिड जोखिमको समयमा समेत जनताको घरदैलोमा गएर सहयोगको कार्य गरेका थिए।पौडेलले बाढी पहिरो पीडितलाई राहत वितरण,गरिब असहायको स्वास्थ्य विमा तथा कालाबजारी नियन्त्रणमा स्थानीय निकायलाई खबरदारी गर्दै सिर्जनात्मक र रचनात्मक कार्य समेत कार्य गरेका थिए। नेकपा एमालेमा युवा नेतृत्वलाई स्थापित गर्ने नेताहरुले पटकपटक भाषण गरेको सुनिन्छ ।युवा नेतृत्वलाई नेतृत्वमा पुर्याउने कुरा भाषणमा मात्र सिमित रहन्छ अथवा ब्यवहारमै लागू हुन्छ त्यो भने हेर्न बाकीनै छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij