सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

समाज संगै पार्टी र संगठनलाइ पनि अपराध मुक्त बनाउनु पर्ने युवाहरुको निस्कर्ष ।रास्ट्रिय युवा संघ रुपन्देहीको अन्तरक्रिया कार्यक्रम सम्पन्न।

समाज संगै पार्टी र संगठनलाइ पनि अपराध मुक्त बनाउनु पर्ने युवाहरुको निस्कर्ष ।रास्ट्रिय युवा संघ रुपन्देहीको अन्तरक्रिया कार्यक्रम सम्पन्न।

images
  • 4.3K
    SHARES

  • images
    images
    images
    समाज संगै पार्टी र संगठनलाइ पनि अपराध मुक्त बनाउनु पर्ने युवाहरुको निस्कर्ष ।रास्ट्रिय युवा संघ रुपन्देहीको अन्तरक्रिया कार्यक्रम सम्पन्न।
    images
    images
    images

    पौष १९ गुरास अनलाइन , तत्कालिन नेकपा एमाले र नेकपा माओबादी एकता पछि बनेको युवाहरुको संगठन राष्ट्रिय युवा संघ रुपन्देही जिल्ला कमिटीले रुपन्देहीको देवदहमा "अपराध मुक्त समाज निर्माणको लागि युवाहरुको भूमिका बिषयक "अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।पार्टी एकता पछि पहिलो पटक युवाहरुको कार्यक्रम भएको हो ।
    लगातार युवाहरुको हत्या पछि अपराधिक थलोको रुपमा परिचित देवदहलाई अपराधमुक्त नगर बनाउनको लागि पनि देवदहमा कार्यक्रम आयोजना गरिएको थियो ।

    81251304_1510307622457657_3942676099648978944_n.jpg

    images
    images
    images

    कार्यक्रममा दुर्गा बलु स्मृति प्रतिष्ठानका अधक्ष्य सिद्दिचरण भट्टराईले ,बर्गीय मुक्ति आन्दोलनमा लागेका युवाहरुले अकालमै ज्यान गुमाउनु परेको बताउदै युवाहरु आर्थिकम प्रलोभनमा नपरी अपराध मुक्त समाज निर्माणमा लग्नु पर्ने मा जोड दिनुभएको थियो ।त्यस्तै राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य पुजा कार्कीले समाज भन्दा पहिला संगठन र पार्टीलाई अपराध मुक्त बनाउनु पर्नेमा जोड दिनुभएको थियो ।त्यस्तै तत्कालिन युवा संघका अर्का नेता राजु गुरुङले संगठन भित्र अपराध रहेको र अब त्यसलाई निर्मुल गर्नुको विकल्प नरहेको बताउनु भएको थियो ।त्यस्तै प्रमुख अतिथि नेकपा रुपन्देहीका जिल्ला सचिब निर्मल जिसीले सत्ता र शक्तिको गलत प्रयोग नगरी युवाहरु विकास निर्माणमा लाग्नु पर्नेमा जोड दिनुभएको थियो।कार्यक्रममा सहिद परिवारको तर्फबाट सहिद दुर्गा तिवारीका दाजु चक्रपाणी तिवारीले अब यस्ता खालका घटना नदोहोरिनेमा आफु आशाबादी रहेको बताउनु भएको थियो ।

    81250789_576161252933793_5886558566738821120_n.jpg

    कार्यक्रममा सहभागी भएका युवाहरुको जिज्ञासालाइ नेकपा जिल्ला सचिब निर्मल जिसीले समाधान गरिदिनुभएको थियो ।
    राष्ट्रिय युवा संघ रुपन्देहीका जिल्ला संयोजक कृष्ण थापाको अधक्ष्यता ,नेकपा रुपन्देहीका जिल्ला सचिब निर्मल जिसीको प्रमुख आतिथ्यता राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्यहरु सरिता श्रीस ,माधब बस्नेत ,नगर अधक्ष्य प्रकाश अर्याल ,झिल्लु प्रसाद न्यौपाने ,निलकण्ठ पौडेल ,दिपक चापागाई ऋषि राम सापकोटा ,गोबिन्द पंगेनी लगायतको सहभागिता ,दिपेश बिक्रम मल्लको स्वागत र राष्ट्रिय युवा संघ जिल्ला सहसंयोजक केशब कुवरको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    81801212_1003970386656249_6129444331741773824_o.jpg

    images
    images
    • शनिवार, पौष १९ २०७६१२:०५:०१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij