पौष २१ देवदह ,सहिद दुर्गा बलु स्मृति प्रतिष्ठानको आयोजनामा सहिद बसन्त पौडेल( बलु ), दोस्रो स्मृति सभा आज एक कार्यक्रमका बीच धेकावरमा सम्पन्न बहेको छ ।दुइ बर्ष अघि पौष २१ गते आजकै दिन आफ्नै फर्निचर उद्योगमा बसिरहेको अवस्थामा पौडेलको हत्या बहेको थियो ।
देवदहकै प्रतिष्ठित ब्यापारी तथा तत्कालिन युवा संघ रुपन्देही जिल्ला अधक्ष्य दुर्गा तिवारीको हत्या भएको एक बर्ष पछि सोहि प्रकृतिको घटना घटाइएको थियो ।

दोस्रो स्मृति सभा कार्यक्रममा बोल्ने बक्ताहरुले अपराध मुक्त समाज निर्माण गर्न सुरुवात आफै बाट गर्नुपर्ने जोड दिएका थिए ।कार्यक्रममा बोल्ने बक्ताहरुले आर्थिक प्रलोभनका कारण यस्ता खालका घटना दोहोरिन सक्ने भन्दै सुरक्ष चुस्त दुरुस्त राख्न देवदहमा क बर्गको प्रहरी चौकी आवश्यक रहेको बताएका थिए ।
सभामा सहिद बसन्त पौडेलका बुवा स्टेजमा बोल्दा पटक पटक भक्कानिएका थिए ।आफ्नै छोराको स्रदान्जली आफै दिदको पिडा अथाह हुनर गरको उनले बताएका थिए ।

सभामा यज्ञ गैरे,सिद्दिचरण भट्टराई,निल्कंतः पौडेल ,हिरा केसी ,हिरा केवट लगायतले बोलेका थिए । प्रतिष्ठानका अधक्ष्य सिद्दिचरण भटराईको स्वागत, प्रदेश पाचका मुख्य मन्त्रि शंकर पोख्रेलको प्रमुख आथित्यता,सांसद डा कृष्ण न्यौपाने, नेकपाका जिल्ला र स्थानीय तहका नेता कार्यक्रता, जनप्रतिनिधि ,देवदह नपाका प्रमुख उपप्रमुख ,विभिन्न संघ सस्थाका प्रतिनिधि ,सांसद डा कृष्ण न्यौपाने ,लगायतको सहभागिता तथा पिताम्बर खरेलको संचालनमा कार्यक्रम सम्पन भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij