निर्मल एसपी मगर
पौष २१ देवदह,प्रदेश नम्बर पाचका मुख्य मन्त्रि शंकर पोख्रेलले युवाहरुको बिचमा हुने अपराधिक घटनाको मुख्य सत्रु गिट्टी बालुवा ठेक्का पट्टा र अबैध अशुली रहेको बताउनु बहेको छ ।सहिद दुर्गा बलु स्मृति प्रतिष्ठान द्वारा आयोजित बसन्त पौडेलको दोस्रो स्मृति सभालाई सम्बोधन गर्दै पोख्रेलले उक्त्त कुरा बताउनु भएको हो ।

छिटो आर्थिक लाभ लिन युवाहरु गलत बाटो लाग्ने र जसको कारण अपराध जन्मिने उहाको भनाइ थियो ।गिट्टी बालुवाको अबैध निकासी ,मिटर ब्याजमा युवाहरु परिचालन गरेर पैसा असुली गर्ने ,ठेक्का पट्टामा कुरा नमिल्दा युवाहरु बीच दुश्मनी ,रिसीबी बढ्ने र त्यसले हत्या सम्मको जघन्य अपराध निम्त्याउने उहाले बताउनु भएको थियो ।यस्ता अबैध कार्यमा प्रसाशनको समेत मिलेमतो हुने भन्दै मन्त्रि पोखरेलले अपराध मुक्त समाज निर्माण गर्न प्रलोभनमा नपर्न आग्रह गर्नु भएको थियो ।
स्मृति सभालाई सम्बोधन गर्दै मुख्य मन्त्रि पोख्रेलले सुद्दिकरणको सुरुवात आफै बाट गर्नु पर्ने बताउनु बहेको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij