मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

आफुलाई नसोधी सल्लाहकार बनाएको भन्दै भिम रावलको आपत्ति

आफुलाई नसोधी सल्लाहकार बनाएको भन्दै भिम रावलको आपत्ति

images
  • 459
    SHARES

  • images
    images
    images
    आफुलाई नसोधी सल्लाहकार बनाएको भन्दै भिम रावलको आपत्ति
    images
    images
    images

    गुराँस मिडिया। नेकपा एमालेका नेता भीम रावलले आफूसँग छलफल नै नगरी केन्द्रीय सल्लाहकार परिषद् सदस्य बनाइएको समाचारबाट थाहा पाएको भन्दै आपत्ति जनाएका छन् । शनिवार सामाजिक सञ्जालमार्फत रावलले यदि सो कुरा सत्य हो भने आफूलाई सोध्दै नसोधी कुनै पदको टिका लगाइदिनु आपत्तिजनक रहेको बताएका छन् । उनले टिके प्रणाली बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुने बताएका छन् ।  

    रावलले भनेका छन्– ‘मलाई नेकपा एमालेको केन्द्रीय सल्लाहकार  परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ । यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ ।’  

    images
    images
    images

    शुक्रबार काठमाडौँमा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको निर्णय सुनाउने क्रममा पार्टीका महासचिव शंकर पोखरेलले नीतिगत रूपमा नेता रावल पार्टीको सल्लाहकार रहने बताएका थिए । 

    पत्रकारले भीम रावललाई किन पार्टीमा कुनै जिम्मेवारी दिइएन भन्ने प्रश्नको जवाफ दिँदै उनले भनेका थिए–‘भीम रावलजी केन्द्रीय कमिटीमा रहनुभएन, त्यस अर्थमा उहाँको कार्य विभाजन भएन । हामीले गरेको नीतिगत निर्णयले उहाँलाई सल्लाहकारको जिम्मेवारी प्रदान गर्दछ । जिम्मेवारीका सन्दर्भमा उहाँले पार्टी अध्यक्षसँग छलफल गर्न सक्नुहुन्छ । केन्द्रीय सल्लाहकार परिषद्मा रहेर उहाँले बेला–बेलामा पार्टीलाई सल्लाह सुझाव दिन सक्नुहुन्छ ।’ नेता रावलले पार्टी अध्यक्षले मनोनीत गर्ने केन्द्रीय सदस्य पद समेत अस्वीकार गरेका थिए ।  

     

     

     

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, पौष ३ २०७८०१:४४:५९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij