सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

निर्भया प्रकरणका अपराधीलाई फाँसीको सजाय रोक्न भारतीय अदालतको आदेश

निर्भया प्रकरणका अपराधीलाई फाँसीको सजाय रोक्न भारतीय अदालतको आदेश

images
  • 730
    SHARES

  • images
    images
    images
    निर्भया प्रकरणका अपराधीलाई फाँसीको सजाय रोक्न भारतीय अदालतको आदेश
    images
    images
    images

    माघ १७ एजेन्सी । निर्भया बलात्कार हत्याकाण्डका आरोपीलाई सुनाइएको फाँसीको सजाय रोकिएको छ । शुक्रबार दिल्लीस्थित पटियला हाउस अदालतले दोषीलाई तत्काल फैसला नदिने निर्णय सुनाएको हो ।

    १६ डिसेम्बर २०१२ मा दिल्लीमा भएको सो काण्डमा मुकेश सिंह, विनय शर्मा, अक्षयकुमार र पवन गुप्तालाई दोषी ठहर गर्दै फाँसी दिने फैसला सुनाइएको थियो । चारै जनालाई १ फरवरीमा फाँसीमा झुण्ड्याउने तयारी थियो ।

    सन् २०१२ डिसेम्बर १२ को राति नौ बजे मेडिकल कलेजकी छात्रा २३ वर्षीया निर्भया र उनका केटा साथी बस चढेका थिए। बसका चालक र अन्य पाँच पुरुषले ती महिलालाई सामूहिक बलात्कार गरेका थिए र उनका केटा साथीलाई नराम्ररी कुटपिट गरेका थिए । नग्न र रक्ताम्य अवस्थामा उक्त जोडीलाई बाटोको छेउमा फालिएको थियो।

    Capture.PNG

    बाटो हिँडिरहेका केही मानिसले उनीहरूलाई देखेपछि अस्पताल पुर्‍याए र प्रहरीलाई खबर गरेका थिए । निर्भयाको पन्ध्र दिनपछि मृत्यु भएको थियो।
    एक आरोपीलाई नाबालक भन्दै त्यसबेलानै सफाई दिइएको थियो भने अर्का एकजना रामसिंहले तिहाड जेलमा आत्महत्या गरेका थिए ।

    images
    images
    • शुक्रवार, माघ १७ २०७६०३:३०:००
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij