देवदह। स्थानीय तह निर्वाचन नजिकिदै गर्दा राजनीतिक दलहरुले संगठन विस्तार र चुनाब प्रचार प्रसार कार्यलाई तिब्रता दिएको छ। गुराँस मिडियाले स्थानीय तहमा राजनीतिक दलहरुले के कसरि चुनाबको तयारी गैरहेका छन् र कस्ता खालका एजेन्डाहरु लिएर जनतामाझ जाने तयारी गरिरहेका छन्। यिनै बिषयमा केन्द्रित रहेर चुनाब बिशेष सम्बाद गरिरहेका छौ।
प्रस्तुत छ यिनै बिषयमा केन्द्रित रहेर राप्रपा देवदहका नगर अध्यक्ष माधब रिमाल संगको कुराकानी
राप्रपा देवदहले नागरिकको जीवन रक्षालाई मुख्य एजेन्डा बनाएर चुनाबमा जाने नगर अध्यक्ष माधब रिमालले बताएका छन्। गुराँस मिडियाको सम्बाद कार्यक्रममा बोल्दै रिमालले उक्त कुरा बताएका हुन्।
हामी राप्रपाले जित्नु पर्छ भनेर होइन जनताले,देशले र समग्रमा सम्पूर्ण नेपालीले जित्नुपर्छ भन्ने एजेन्डा सहित जनताको घरदैलोमा जान्छौ ,रिमालले भने।
भ्रष्टाचार अन्त्य गर्न पहल गर्ने , निशुल्क स्वास्थ्य बिमा,कक्षा १२ सम्म निशुल्क शिक्षाको व्यवस्था, पुरातात्त्विक क्षेत्रको संरक्षण सङ्गै विकास ,रोजगारको सर्वशुलभ व्यवस्था युवाहरूको विदेश पलायनलाई रोकी स्वदेशमै रोजगारीको व्यवस्था गर्ने लगायतको एजेन्डा बोकेर राप्रपा निर्वाचनमा सहभागी हुने अध्यक्ष रिमालले बताए।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij