मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

एमाले देवदहको चुनावी अभियान :टोलटोलमा संगठन,वडा वडामा सम्पर्क कार्यालय

एमाले देवदहको चुनावी अभियान :टोलटोलमा संगठन,वडा वडामा सम्पर्क कार्यालय

images
  • 877
    SHARES

  • images
    images
    images
    एमाले देवदहको चुनावी अभियान  :टोलटोलमा संगठन,वडा वडामा सम्पर्क कार्यालय
    images
    images
    images

    देवदह।स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा राजनीतिक दलहरूले चुनाव प्रचारप्रसार र संगठन निर्माणलाई तिब्रता दिइरहेका छन ।नेकपा एमाले देवदहले टोल टोलमा संगठन निर्माण सङ्गै वडाहरुमा निर्वाचन सम्पर्क कार्यालय स्थापना गरिरहेको छ।

    नेकपा एमालेको देवदहमा राम्रो पकड रहेको छ।अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेले उपमेयर सहित १२ वडा मध्य ९ वटा वडा जितेको थियो।दुई तिहाई बहुमत प्राप्त गरेको एमालेले मेयर भने झिनो मतान्तरले गुमाएको थियो।

    images
    images
    images

    यस पटक एमालेले देवदहमा विगतको गल्ती दोहोर्‍याउन चाहान्न।नेकपा एमालेको पछिल्लो गतिविधि हेर्दा सबै नेता कार्यकर्ताहरु एक ढिक्का भएर संगठन निर्माणमा लागिरहेको देखिन्छन। 

    No description available.

     

    देवदहमा रहेको १ सय ५६ वटै टोलमा नेकपा एमालेले टोल कमिटी गठन गरिसकेको एमाले देवदह नगर अध्यक्ष टिकाराम चापागाईं बताउछन् ।संगठन निर्माण र चुनाव लक्षित कार्यक्रम तिब्र रुपमा संचालन भैरहेको अध्यक्ष चापागाईंले बताए। 

    संगठन निर्माण सङ्गै निर्वाचन सम्पर्क कार्यालय पनि वडा वडामा विस्तार गरिरहेको छ।शुक्रबार मात्रै भवानीपुरमा देवदह ४ को सम्पर्क कार्यालय स्थापना गरेको एमालेले शनिबार देवदह ७ को निर्वाचन सम्पर्क कार्यालयको स्थापना गरेको छ।

    संघीय सांसद तथा लुम्बिनी प्रदेश इन्चार्ज छबिलाल विश्वकर्माले ७ को चुनावी सम्पर्क कार्यालय उद्घाटन गरेका हुन। कार्यक्रममा प्रदेश सांसद डा.कृष्ण न्यौपाने लगायत केन्द्र,प्रदेश,जिल्ला र नगर स्तरका नेता कार्यकर्ताको सहभागिता रहेको थियो। 

    १२ वटा वडा रहेको देवदहमा ९ वटा वडामा चुनावी सम्पर्क कार्यालय स्थापना गरिसकेको देवदह नगर उपाध्यक्ष हिरा बहादुर थापाले बताए।
    बाकी वडामा पनि छिट्टै कार्यालय स्थापना गरिने उपाध्यक्ष थापाले बताए। 

    बिभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा उत्साहजनक रुपमा पार्टी प्रवेश भैरहेको र प्रवेश गर्ने क्रम जारी रहेको युवा इन्चार्ज संचार इन्चार्ज विकाश गहतराजले जानकारी दिए। 

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij