मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदहमा कांग्रेस माओवादी मिलेर जाने सहमति

देवदहमा कांग्रेस माओवादी मिलेर जाने सहमति

images
  • 1.6K
    SHARES

  • images
    images
    images
    देवदहमा कांग्रेस माओवादी मिलेर जाने सहमति
    images
    images
    images

    देवदह। बैशाख ३० गते हुन लागिरहेको स्थानीय तह निर्वाचनमा भएको टिकट वितरण प्रक्रियालाई लिएर राजनीतिक दल भित्र असन्तुष्टि देखिएको छ।बिभिन्न राजनीतिकदल भित्रका नेता कार्यकर्ताहरुले राजिनामा देखि लिएर स्वतन्त्र रुपमा उम्मेदवारी दिने सम्म घोषणा गरेका छन्। 

    बुधबार दिउँसो देवदहमा बसेको दुई दलको नगरस्तरिय बैठकले माथिल्लो कमिटीबाट प्राप्त सर्कुलर कार्यान्वयन गर्ने सहमति गरेको बैठकमा सहभागी एक नेताले बताए । सहमति अनुसार माओवादी केन्द्रले नेपाली कांग्रेसलाई नगरप्रमुखमा हिराबहादुर खत्रीलाई सहयोग गर्नेछ भने, कांग्रेसले माओवादी केन्द्रलाई उप-प्रमुखमा सुन्दरी गिरीलाई सहयोग गर्नेछ । प्रमुख र उपप्रमुख दुई मुख्य पदमा सहमति गरेपनि नगरमा भने गठबन्धन नहुने भएको छ । वडास्तरमा मित्रवत प्रतिस्पर्धा गर्ने गरि प्रमुख र उपप्रमुखमा सहमति कायम भएको बैठकमा सहभागी एक नेताले बताए । 

    images
    images
    images

    सहमति अनुसार माओवादी केन्द्रका नगर अध्यक्ष समेत रहेका नगरप्रमुखका उम्मेदवार गोविन्द ठटराईले नगरप्रमुखबाट उम्मेदवारी फिर्ता लिनेछन् भने नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेकी उपप्रमुखका उम्मेदवार सरिता चौधरीले आफ्नो उम्मेदवारी फिर्ता लिनेछन् । स्रोतका अनुसार उम्मेदवारी फिर्ता लिने सहमति पत्रमा दुबै उम्मेदवारले हस्तान्तर गरिसकेका छन् ।

    कांग्रेस र माओवादी केन्द्र विच गठबन्धन भएपनि सत्तागठबन्धनमा सहभागी अन्य दलसंग भने सहमति भैसकेको छैन ।

    स्मरण रहोस्, गत निर्वाचनमा समेत कांग्रेस र माओवादी केन्द्रविच देवदहमा प्रमुख र उपप्रमुख विच सहमति भएको थियो । प्रमुखमा कांग्रेसका उम्मेदवार हिराबहादुर खत्रीले जितेका थिए भने उप-मेयरमा माओवादीका उम्मेदवार टीका न्यौपाने पराजित भएकी थिइन् ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij