मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

मैले बाँसुरी बजाएको समाचार मात्र होइन ,सरकारले गरेको कामको बारेमा पनि लेख्नुहोस

मैले बाँसुरी बजाएको समाचार मात्र होइन ,सरकारले गरेको कामको बारेमा पनि लेख्नुहोस

images
  • 1.1K
    SHARES

  • images
    images
    images
    मैले बाँसुरी बजाएको समाचार मात्र होइन ,सरकारले गरेको कामको बारेमा पनि लेख्नुहोस
    images
    images
    images

    फागुन ५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेका विकास निर्माणको कामलाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको गुनासो गरेका छन् । लामो समयदेखि सञ्चारमाध्यमको भूमिका र सञ्चारमाध्यममा आएका समाचारप्रति असन्तुष्टि जनाउँदै आएका प्रधानमन्त्री ओलीले सोमबार फेरि त्यसलाई दोहोर्‍याएका हुन् ।

    काठमाडौं उपत्यका विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको उद्‌घाटन समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले प्रविधिको सुरुवात भएको समाचार दिनुको सट्टा केही सञ्‍चारमाध्यमले फेरि पनि बाँसुरी नै बजाएको समाचार दिने बताए। आफूले भनेको विषयलाई हुबहु नराखेर तोडमोड गरी अर्नगल प्रचार गर्ने गरिएको दुखेसो पनि प्रधानमन्त्री ओलीले पोखे।
    ‘कुनै कुनै सञ्‍चारमाध्यमले यो न्यूज दिनुभन्दा बाँसुरी बजाएको न्यूज दिन्छन् भोलि पनि। दया लाग्छ। देश विकास हुन लाग्दा पिर किन परेको त्यो छक्क लाग्छ। कुनै कुनै भन्ने शब्द प्रयोग गर्‍याछु। कुनै कुनै भन्ने शब्द बिर्सन्छन् अनि यसो भन्यो भनेर कुनै कुनै शब्द काटेर पठाउँछन्। भोलि पनि हेर्नुहोला बाँसुरी बजाएको फोटो छाप्छन्। यो फोटै छाप्दैनन्,’ प्रधानमन्त्री ओलीले भने। उनले बुद्धिजिवीको बौद्धिकता देख्दा दया लाग्ने गरेको बताए। सरकार देश विकासमा अघि बढिरहेका बेला सहकार्य गर्नुको सट्टा केहीले मजाकको विषय बनाउने गरेको गुनासो पनि उनले गरे। आफूले तुइन विस्थापित गर्छु भन्दै प्रगति पेस गर्दै गर्दा सञ्चारमाध्यमले दार्चुला पुगेर भए पनि तुइनको फोटो खिचेर छाप्ने गरेको गुनासो पनि उनले गरे।

    underground-wire-1722020080336-1000x0.jpg

    ‘मैले देखेँ, एक जना बुद्धिजीवीले नधम्क्याउनुहोस् प्लिज भनेर भनेको, मैले धम्क्याएरै हैरान पारो अरे। अनि मलाई चाहिँ यो बौद्धिकता देख्दा दया लाग्छ। देश विकास मजाक होइन। देश विकास आग्रह पूर्वाग्रहको विषय होइन। देश विकास साझा अभिभारा हो। साझा कर्तव्य हो,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी विकास गरिरहेका छौं भने खुसी हुनुपर्ने। तुइन विस्थापित भएकोमा रुवाबासी छ कतिको। अचम्म लाग्छ। दार्चुला पुगेर फोटो खिचेर ल्याउँछन्। दुई वटा तुइन विस्थापित गर्न बाँकी छ त्यहाँ। कति दुःख गर्‍या होला? कठैबरी।’
    उनले सरकारको विकास निर्माण र सुशासनका काम देखेर खुसी हुनुपर्नेमा धेरैले पीर गरेको गुनासो गरे। उनले काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत सुदृढीकरण र स्वचालित गर्ने काम रातिमा गरिने भएकाले त्यसले कसैलाई असर नगर्ने स्पष्ट पारे।।

    प्रधानमन्त्री ओलीले दिनहुँ मुलुक नयाँ प्रविधिको प्रयोगमार्फत विकास र सेवाका लागि समर्पित हुँदै गएको भन्दै आइतबार आफूले झापामा गरेको पुल, बाटोको उद्‌घाटन तथा शिलान्यासको फेहरिस्त पनि प्रस्तुत गरेका थिए।

    images
    images
    • सोमवार, फाल्गुण ५ २०७६०२:०८:३९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij