सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

अधिकार प्राप्तिमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ : मन्त्री पुन

अधिकार प्राप्तिमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ : मन्त्री पुन

images
  • 1.2K
    SHARES

  • images
    images
    images
    अधिकार प्राप्तिमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ : मन्त्री पुन
    images
    images
    images

    फागुन ९ ,बुटवल। सङ्घीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ्मन्त्री वर्षमान पुनले मुलुकमा समृद्धि र नेपाली जनताको अधिकार प्राप्तिमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
    पूर्वेली जनसञ्चार सहकारी संस्था लिमिटेडद्वारा प्रकाशित जनविद्रोहको परिवर्तित नाम ‘हाम्रो मत तथा हाम्रो मत अनलाईन’ को आज यहाँ सार्वजनिकीकरण गर्दै उहाँले हाम्रो मत पत्रिका आवाज विहीनहरुको आवाज बन्न सकोस् शुभकामना दिए ।

    Barsaman_pun_urjamantri.jpg

    मन्त्री पुनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई सन्तुलनमा राख्ने सञ्चारमाध्यम आलोचनात्मक हुनुपर्ने भन्दै मुलुकमा आर्थिक र सामाजिक रुपान्तरण गर्न पत्रपत्रिकाले आफ्नो भूमिका निर्वाह गर्दै आएको स्पष्ट पारे ।
    उनले जनताका आवाजलाई एकीकृत गरी पत्रिकाको माध्यमबाट पुनःजनतामाझामा नै लाने सञ्चार माध्यमले अब जनताको नयाँ भावना, आकाङ्क्षालाई बोक्नुपर्ने सुझाव दिए ।
    मुलुकमा स्थिरता कायम राख्न र नेपाली जनताको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउन सञ्चार माध्यमको भूमिका अझ फराकिलो हुनुपर्ने भन्दै मन्त्री पुनले सञ्चारमाध्यम पनि समयअनुकुल आफूलाई सुधार र परिस्कृत गर्दै लैजानुपर्नेमा जोड दिए ।

    images
    images
    images

    प्रदेश नं–१ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रको लक्ष्य र आकाङ्क्षलाई पूरा गराउन तथा विकास र समृद्धिको यात्रामा आफूलाई ठोस् ढङ्गले जोड्न सुझाव दिँदै पत्रपत्रिकामा नकारात्मक मात्र होइन सकारात्मक कुरालाई पनि प्राथमिकता दिनुपर्ने बताए ।
    नेपाली काँग्रेस प्रदेश नं–१ संसदीय दलका नेता राजीव कोइरालाले सञ्चारमाध्यम जनताको मौलिक हक र अधिकारलाई स्थापना गराउन क्रियाशील रहनुपर्ने बताए । समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य जयराम यादवले समाजमा सचेतना फैलाउन सञ्चार माध्यमको भूमिका प्रशंसनीय भएको बताए ।

    विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नयाँ प्रारुपमा आएको यो पत्रिकाले जनताको समस्यालाई उठान गर्न सफलता मिलोस् भन्ने शुभकामना दिए । नेपाल पत्रकार महासङ्घ प्रदेश नंं–१ समितिका अध्यक्ष विक्रम लुइँटेलले प्रेस कानून पत्रकारमैत्री बन्नुपर्ने धारणा राखे ।

    मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडा र उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे र आयोजकका अध्यक्ष नवलप्रसाद उपाध्यायले हाम्रो मत पत्रिकाले सधैँ नेपाली जनताको मन जित्न सफल हुने विचार व्यक्त गरे ।

    tansen.gif

    विस २०६१ वैशाख छ गते जनविद्रोह साप्ताहिकबाट शुरु भएको यो पत्रिका अहिले हाम्रो मतमा रुपान्तरण भएको र यसमा लामो समयदेखि योगदान पु¥याउनु भएका पत्रकार, सम्पादक, संस्थापक र सञ्चारकर्मी शिवकुमार डाँगी, गणेश उप्रेती, नवराज कट्टेल, विनोद घिमिरे, विमल लामिछाने, राजन केडी र रासस सञ्चालक समितिका सदस्य एवं जनविद्रोहका पूर्व समाचारदाता दयाराम दाहाललाई सम्मान गरिएको थियो ।

    images
    images
    • शनिवार, फाल्गुण १० २०७६०२:३०:३३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij