सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

बिहे सारेर कोभिड-१९ संक्रमित बिरामीका उपचारमा खटिएका डाक्टरको निधन

बिहे सारेर कोभिड-१९ संक्रमित बिरामीका उपचारमा खटिएका डाक्टरको निधन

images
  • 1.4K
    SHARES

  • images
    images
    images
    बिहे सारेर कोभिड-१९ संक्रमित बिरामीका उपचारमा खटिएका डाक्टरको निधन
    images
    images
    images

    फगुन ९ कोभिड-१९ संक्रमित बिरामीका उपचार गर्न आफ्नो विवाह नै स्थगित गर्ने २९ वर्षीय डाक्टरको मृत्यु भएको छ।
    चीनमा महामारीझैं फैलिएको कोभिड-१९ को संक्रमणका कारण स्वास्थ्यकर्मीहरू यस रोगको नियन्त्रण गर्न लागिपरेका छन्।त्यहाँ स्वास्थ्यकर्मीहरू आफ्ना परिवार तथा साथीभाइहरूसँग छुट्टिएर कोभिड-१९ बाट संक्रमितहरूको उपचार गरिरहेका छन्।त्यस्तै, हुबेई प्रान्तमा रहेको अस्पतालमा कार्यरत डा. पिङ यिनहुआले कोभिड-१९ बाट संक्रमित बिरामीहरुको उपचार गर्न आफ्नो विवाह नै स्थगित गरेका थिए।

    589970-696493-1287x836.jpg

    तर पछि बिरामीको उपचार गर्दागर्दै उनी नै संक्रमित भए। जसको कारण गत बिहीबार राति उनको मृत्यु भयो।उनी फर्स्ट पिपल्स अस्पतालमा स्वास्थ्यप्रस्वास सम्बन्धीका विशेषज्ञ थिए।डा.यिनहुआ गत जनवरी २५ तारिखमा अस्पतालमा भर्ना भएका थिए र पछि ३० तारिखमा जिनयिनतान अस्पतालमा रिफर गरिएको थियो।चिनियाँ स्वास्थ्य अधिकारीहरूले स्वास्थ्य एजेन्सीहरूसँग डा.यिनहुआलाई शहीद घोषणा गर्न आग्रह गरेका छन्। साथै उनको परिवारलाई सहयोग गरिदिन समेत आग्रह गरे।
    यसअघि पनि कोभिड-१९ को चेतावनी दिने ३४ वर्षीय लि वेनलियाङ चिनियाँ डाक्टरको मृत्यु भएको थियो।१ हजार ७ सय १६

    स्वास्थ्यकर्मीहरूमा पनि कोभिड-१९ को संक्रमण देखिएको नेसनल हेल्थ कमिसनले बताएको थियो।डा.यिनहुआको मृत्युपछि चीनमा स्वास्थ्यकर्मीहरूको मृत्यु हुने संख्या नौ पुगेको हो।कोभिड-१९ बाट अहिलेसम्म चीनमा २ हजार २ सय ३६ जनाको मृत्यु भएको छ भने ७५ हजार ४ सय ६५ जना संक्रमित भएका छन्।

    images
    images
    • शनिवार, फाल्गुण १० २०७६०३:०५:५८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij