सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

नेकपा सचिवालय बैठक सकियो : गोकुल बाँस्कोटा प्रकरणमा राज्यले नै छानबिन गर्ने !

नेकपा सचिवालय बैठक सकियो : गोकुल बाँस्कोटा प्रकरणमा राज्यले नै छानबिन गर्ने !

images
  • 863
    SHARES

  • images
    images
    images
    नेकपा सचिवालय बैठक सकियो : गोकुल बाँस्कोटा प्रकरणमा राज्यले नै छानबिन गर्ने !
    images
    images
    images

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा गोकुल बाँस्कोटाले कमिसन लिनेका लागि गरेको बार्गेनिङका बारेमा छलफल भएको छ ।
    प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सम्पन्न बैठकमा कमिसन प्रकरणका बारेमा अध्यक्षद्वयले जानकारी गराएका थिए । पार्टी बैठकमा बाँस्कोटालाई निलम्बन गरेर छानबिन गर्नुपर्ने प्रस्ताव आए पनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले राज्यका निकायले छानबिन गरिरहेकाले अन्य कुरा नगर्न बैठकमा आग्रह गरे ।
    बैठकमा सचिवालय सदस्यले पार्टीका तर्फबाट छानबिन समिति बनाउनु पर्ने र पार्टीबाट निलम्बन गर्नुपर्ने प्रस्ताव राखेका थिए । तर ओलीले अख्तियारलगायत विभिन्न निकायले यो प्रकरणमा छानबिन गरिरहेको बताएपछि निलम्बन र छानबिनका लागि समिति नबनेको स्रोतको भनाइ छ ।

    nekapa_sachiwalaya_1.[1].jpg

    त्यस्तै आजको बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी०को अनुदानका विषयमा अध्ययन कार्यदलले बुझाएको प्रतिवेदन पेश भएको छ ।
    नेकपाको एमसिसी अध्ययन कार्यदलले एमसिसी सम्झौता यथास्थितिमा अनुमोदन नगर्न पार्टीलाई सुझाव दिएपछि पहिलो पटक सचिवालय बैठक बसेको हो । अब अर्को बैठकमा एमसिसीका विषयमा छलफल हुनेछ ।

    वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हिजो सुझावसहितको प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा सम्झौता नसच्याई संसदबाट अनुमोदन नगर्न पार्टी नेतृत्वलाई सुझाव दिइएको छ ।

    tansen.gif

    सचिवालय बैठक लगत्तै अध्यक्षद्वय ओली र प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न सितलनिवास पुगेका छन् ।

    images
    images
    • शनिवार, फाल्गुण १० २०७६०१:०७:४९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij