सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

दक्षिण कोरियामा पनि फैलियो कोरोना भाइरस, ५५६ जना सङ्क्रमित दुईको मृत्यु,

दक्षिण कोरियामा पनि फैलियो कोरोना भाइरस, ५५६ जना सङ्क्रमित दुईको मृत्यु,

images
  • 1.2K
    SHARES

  • images
    images
    images
    दक्षिण कोरियामा पनि फैलियो कोरोना भाइरस, ५५६ जना सङ्क्रमित दुईको मृत्यु,
    images
    images
    images

    फागुन १२ ,दक्षिण कोरियामा प्राणघातक कोरोना भाइरसको सङ्क्रमण तीब्र रुपमा फैलिएको पाइएको छ।
    केहीदिनदेखि सङ्क्रमितहरुको संख्या बढ्दै गएकोमा शनिबार थप १२३ जनामा सङ्क्रमण देखिएको छ । कोरियामा योसँगै कुल सङ्क्रमितको सङ्ख्या ५५६ पुगेको छ।त्यसैगरी मृत्यु हुनेको संख्यामा पनि दुई जना थपिएर चार जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन्।मृत्यु भएका चार जनामध्ये एक पुरुषको चेङ्दुस्थित अस्पतालमा मृत्यु भएको हो। देशको दक्षिणी क्षेत्रमा पर्ने सो सहरमा रहेको अस्पतालमा अरु १०० जना विरामी रहेका छन्।

    https___s3-ap-northeast-1.amazonaws.com_psh-ex-ftnikkei-3937bb4_images_2_7_4_4_24634472-2-eng-GB_Cropped-1580174806AP_20027535020561.jpg

    पछिल्लो समयमा भेटिएका सङ्क्रमितमध्ये ७५ जना अर्को दक्षिणी सहर डाएगुमा रहेको शिन्चेन्जी इसाई चर्चमा भेटिएका हुन्।कोरियाली प्रकोप नियन्त्रण तथा रोकथाम केन्द्रले दिएको जानकारी अनुसार चर्चमा सहभागी भएका मध्ये सयौंलाई कोरोना सङ्क्रमण भएको छ। चर्चमा पहिलो सङ्क्रमण यही फेब्रुअरी १० तारिखका दिन ६१ बर्षीया एक महिलामा देखिएको थियो। त्यही नै पछि फैलिंदै गएको अधिकारीहरुले जनाएका छन्।कोरियाको डाएगु सहर देशकै चौथो ठूलो शहर मानिन्छ जहाँ २५ लाख मानिस बस्छन्।यसैबीच दक्षिण

    कोरियाली राष्ट्रपति मुन जाय–इनले कोरोना भाइरस नियन्त्रणका लागि देशभरी सबैभन्दा उच्च सतर्कता अपनाइएको बताएका छन्।
    सङ्क्रमित हुनेहरुको संख्या एकाएक अत्यधिक तीब्र गतिमा बढ्न थालेपछि सतर्कता बढाइएको उनले आइतबार जानकारी दिए।आगामी केही दिन सङ्क्रमणकालीन अवस्था रहने भएकाले नियन्त्रण तथा उपचारमा पर्याप्त ध्यान दिनु पर्ने उनको भनाइ छ।राष्ट्रपति मुनले भाइरस

    नियन्त्रणका लागि अपनाउनु पर्ने उपायहरुका बारेमा छलफल तथा तयारी भइरहेको पनि जानकारी दिए।'सरकारले भाइरस नियन्त्रणका लागि पर्याप्त गृहकार्य र सतर्कता अपनाएको छ, ती सबै काम विज्ञहरुको सुझावका आधारमा गरिएको छ,' उनले।

    images
    images
    • सोमवार, फाल्गुण १२ २०७६०१:४९:००
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij