सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

एमसीसीबारे छलफल गर्न बुधबार बिहान नेकपाको बैठक बस्दै

एमसीसीबारे छलफल गर्न बुधबार बिहान नेकपाको बैठक बस्दै

images
  • 959
    SHARES

  • images
    images
    images
    एमसीसीबारे छलफल गर्न बुधबार बिहान नेकपाको बैठक बस्दै
    images
    images
    images

    tansen.gif

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार बिहान बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा वरिष्ठ नेता झलनाथ खनाल संयोजक रहेको कार्यदलले पेश गरेको अमेरिकी मिलेनियम च्यालेन्ज (एमसीसी) समबन्धी प्रतिवेदनबारे निर्णयमा पुग्ने महासचिव विष्णु पौडलले जानकारी दिए ।

    images
    images
    images

    nekapa_sachiwalaya_1.[1].jpg

    योबाहेक निर्वातमान सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणबारे पनि नेकपाले ठोस धारणा तय गर्ने एक सचिवालय सदस्यले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार गोकुल प्रकरणमा पार्टीभित्र समेत छानविन समिति बनाउनुपर्ने आवाज उठेकाले आन्तरिक छानविन समिति गठन गर्नेबारे छलफल हुनेछ । बैठकमार्फत पार्टी एकताका बाँकी काम पनि टुंग्याउने तयारी नेताहरुको छ ।

    गत शनिबार बसेको सचिवालय बैठकले एमसीसीका विषयमा अर्को बैठककमा छलफलपछि निर्णय गर्ने नेताहरुले बताएका थिए । नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले तयार पारेको एमसीसी अध्ययन प्रतिवेदन फागुन नौ गते दुई अध्यक्षलाई बुझाएको थियो ।
    नेकपाभित्र लामो समयदेखि विवादित बनेको एमसीसी सम्झौता संशोधन नगरी स्वीकार गर्न नहुने मत बलियो छ । यो बाहेक बुधबारको बैठकमा संविधान संशोधनबारे समेत छलफलको एजेण्डा बनाउने तयारी नेताहरुको छ । संविधान संशोधनका लागि गत शनिबार गठन गरिएको भनिएको कार्यदलबारे नेकपामै विवाद भएको थियो ।

    images
    images
    • मंगलवार, फाल्गुण १३ २०७६०३:०६:४०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij