‘मेरो गाउँमा जनता उत्सव मनाउँदै थिए, काठमाडौंमा रुवाबासी चलेछ’प्रधानमन्त्री ओली
‘मेरो गाउँमा जनता उत्सव मनाउँदै थिए, काठमाडौंमा रुवाबासी चलेछ’प्रधानमन्त्री ओली
1.3K
SHARES
फागुन १५ , काठमाडौं ।नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९औं जन्मदिन जन्मघर तेह्रथुमको आठराईमा पुगेर मनाए । स्थानीय तहले सार्वजनिक विदा दिएको थियो भने काठमाडौंदेखि हेलिकप्टरमा केक लगिएको थियो । प्रधानमन्त्री ओलीको बर्थडे केक नेपालको नक्सा आकारको थियो ।
तामझाका साथ राजसी ठाँटमा जन्म दिन मनाएको भन्दै प्रधानमन्त्री ओलीको पार्टीभित्र र बाहिर पनि आलोचना भयो । कतिपयले नेपालको नक्सा आकारको केक काटेकोमा समेत आपत्ति जनाए ।
यसमा केही मौन बसेका प्रधानमन्त्री ओलीले बिहीबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बाग्मती प्रदेशस्तरीय प्रशिक्षणमा बोलेका छन् ।आफू पानी बिजुली, सडक र बैंकको शाखा समेत लिएर गएकोृ र जनताले धुमधामसँग खुसी मनाएको बताए ।
उनले भने, गाउँमा बिजुली गयो, बाटो शिलान्यास भयो, बैंक शाखा लिएर गएँ, मान्छेहरु खुसीयालीमा रमाए । यता पत्रकारहरु धुरुधुरु रुन थालेछन् । मेरो गाउँमा जनता उत्सव मनाउँदै थिए, काठमाडौंमा त रुवाबासी चलेछ ।’