मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

संविधानको रक्षा र समृद्धिका लागि गठबन्धनलाई भोट :पहाडी

संविधानको रक्षा र समृद्धिका लागि गठबन्धनलाई भोट :पहाडी

images
  • 166
    SHARES

  • images
    images
    images
    संविधानको रक्षा र समृद्धिका लागि गठबन्धनलाई भोट :पहाडी
    images
    images
    images

    बुटबल । रुन्पदेही जिल्ला निर्वाचन क्षेत्र ५(क)का संयुक्त लोकतान्त्रिक गठबन्धनले कंचन गाउँपालिकास्थित धौलागिरी चोकमा चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गरेको छ । 

    प्रतिनिधिसभाका उम्मेदवार भरत कुमार शाहीले पालिकास्तरीय चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन भएको हो ।कार्यालय उदघाटन गर्दै प्रतिनिधि सभा सदस्यका रुपन्देही निर्वाचन क्षेत्र ५ का नेपाली काँग्रेसका उम्मेदवार शाहले गठबन्धनले जितेर गरिब सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने बताउनुभयो । उहाले गरीब निमुखा जनताको पक्षमा निरन्तर रुपमा सहयोग गरिरहेको बताउनुभयो ।

    images
    images
    images

    रुन्पदेही जिल्ला निर्वाचन क्षेत्र५(क) नेकपा माओवादीका प्रदेशसभा उम्मेदवार विनोद पहाडीले चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गर्दै मतदाताको मतलाई कदर गरी नागरिकलाई सेवा गर्ने बताउनुभएको छ । उहाँले गठबन्धनको जित सुनिश्चित भइसकेकोले गठबन्धनका उम्मेदवारलाई मतदान गरी सहयोग गर्न अनुरोध गर्नुभयो । 

    संविधानसभा सदस्य पहाडीले संघीय लोकतन्त्र गणतन्त्र, संविधानसभाबाट संविधान र समावेशी, समानुपातिक धर्म निश्पक्षता लगायतका उपलब्धि रक्षाका लागि सत्ता गठबन्धनलाई अत्याधिक बहुमतका साथ विजय बनाउन अनुरोध गर्नुभयो ।
    उहाँले भन्नुभयो,“अहिले विजयी भई जाने उम्मेदवार भरतकुमार शाह, विनोद पहाडी होइन, नेकपा माओवादी केन्द्र हो, नेपाली काँग्रेस हो, एकीकृत समाजवादी हो, र राष्टिय जनमोर्चा हो ।”

    उम्मेदवार पहाडीले संघीय लोकतन्त्र गणतन्त्र, संविधानसभाबाट संविधान र समावेशी, समानुपातिक धर्म निश्पक्षता लगायतका उपलब्धि रक्षाका लागि सत्ता गठबन्धनलाई अत्याधिक बहुमतका साथ विजय बनाउन अनुरोध गर्नुभयो ।कार्यक्रममा नेपाली काँग्रेसका लुम्विनी प्रदेश सदस्य तथा केन्द्रीय चुनाव प्रचारप्रसार सदस्य विष्णु पोखरेल, नेकपा माओवादी केन्द्रका लुम्विनी प्रदेश समिति सचिवालय सदस्य हिरा बहादुर रोक्का, हस्तबहादुर सावर, रोमन न्यौपाने, नेकपा एमका क्षेत्रिय अध्यक्ष अर्जुन ढकाल, राष्टिय जनमोचा कचन गाउँपालिका अध्यक्ष लिलाराम खनाल लगायतले मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रम नेपाली काँग्रेस कचन गाउापालिका सभापति देवीराम रेग्मीको अध्यक्षता र नेपाली काँग्रेसका सचिव चुरामणी पौडेलको सञ्चालनका कार्यक्रम सम्पन्न भएको थियो । रुपन्देही निर्वाचन क्षेत्र ५ मा १ लाख २९ हजार १ सय ३५ मतदाता छन् । ती मध्य रुपन्देही ५ क मा ७४ हजार ६ सय ६९ मतदाता रहेका छन् ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij