देवदह ।राजनीतिक स्थिरता,संविधान र लोकतान्त्रको रक्षाका लागि अझै केही बर्ष गठबन्धन कायम रहने रुपन्देही १ का उम्मेदवार घनश्याम भुसालले बताएका छन् ।
बाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवारको रुपमा रुपन्देही १ बाट प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका नेता भुसालले लोकतान्त्रिक स्थिरताका साथ मुलुकलाई समृद्धिको दिशामा अगाडी लैजान गठबन्धन कायमै रहनुपर्ने भुसालले बताएका हुन् ।
आइतबार देवदहमा वडा सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले गठबन्धन चुनाव जित्नकै लागि मात्र नबनेको बताए ।ओलिले संविधानमाथी निरन्तर प्रहार गरेको कारण संविधानको रक्षा र जनताको हक अधिकार सुनिश्चितताका लागि गठबन्धन भनेको उनको भनाई थियो।
भुसालले देवदहमा बन्न लागिरहेको बिश्वविद्यालय तर्फ इङ्गित गर्दै बिश्वविद्यालय राष्ट्रिय महत्त्व र यस क्षेत्रको लागि गौरवको बिषय बएको बताए।साथै देवदहलाई गौतम बुद्दको मावलीको रुपमा युनेस्कोमा दर्ता गर्नको लागि समेत पहल गरिने बताए।साथै देवदहको विकासमा साधन र श्रोत ल्याउने काममा कुनै कसर बाकी नराख्ने समेत भुसालको भनाई थियो।
त्यसै गरि रुपन्देही १ (१) क उम्मेदवार बिश्वनाथ यादवले सुकुम्बासी समस्या समाधान गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।
आफू निरन्तर सुकुम्बासीको समस्या समाधानका लागि लागिपरेको बताउँदै यादवले जनतालाई झुठो आश्वासन दिने,विकास निर्माणका झुठा भाषण र चिल्ला कुरा गरेर मतदातालाई आकर्षित गर्ने नेता सङ्ग सजक रहन आग्रह गरे।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij