मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

विकासको गलत अभ्यासले उत्पादन र रोजगारी बढेन: भुसाल

विकासको गलत अभ्यासले उत्पादन र रोजगारी बढेन: भुसाल

images
  • 177
    SHARES

  • images
    images
    images
    विकासको गलत अभ्यासले उत्पादन र रोजगारी बढेन: भुसाल
    images
    images
    images

    देवदह  । त्रिभूज चिन्ह लिएर रुपन्देही क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवारी दिएका नेकपा एमालेका पूर्व उपमहासचिव तथा पूर्वमन्त्री घनश्याम भूसालले पछिल्लो समय विकासको गलत अभ्यास भइरहेकोले देशमा उत्पादन र रोजगारी बढ्न नसकेको बताउँदै अबको प्राथमिकता उत्पादन र रोजगारी हुनुपर्ने बताएका छन् । 

    देवदहमा गठबन्धनको संयुक्त कार्यालय उद्घाटन गर्दै नेता भुसालले केपी ओलीको पालामा विकास भनेर भ्यू टावर, पानीजहाज जस्ता अनुत्पादक क्षेत्रमा राज्यको अनावश्यक खर्च गर्ने गलत भाष्यले नेपालको विकास गलत बाटोतिर गएको उनले बताए । आजको राज्यको स्रोतमाथि समान वितरण र अवसरको पहुँच हुनुपर्ने कुरामा जोड दिदैं उनले भने– "जनताको आधारभूत र अतिआवश्यक शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगारीका लागि राज्यको मुख्य ध्यान केन्द्रित हुनुपर्ने र ती सब चीजमा नागरिकको समान पहुँचका लागि राज्य निकायमा सुशासनको ग्यारेन्टी हुनैपर्दछ ।" 

    images
    images
    images

    त्यसैगरी उनले स्थानीय समस्या समाधानकालागि अव्यवस्थित बसोबासलाई मान्छेको आधारभूत रुपमा सुरक्षित बनाउने गरि व्यवस्थापन गर्नुपर्ने कुरालाई प्राथमिकतामा राखिने बताए । देवदह नगरपालिकामा पूर्वपश्चिम राजमार्ग छेउछाउ सुकुम्बासी बसोबासको समस्या रहेको कुरालाई सम्बोधन गरिने उनले बताए । 

    सो अवसरमा बोल्दै प्रदेशसभाका १(क) का उम्मेदवार विश्वनाथ यादव र प्रदेशसभा १(ख) का उम्मेदवार अब्दुल रज्जाकले यस क्षेत्रको विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारहरूले जित्नुपर्ने बताएका थिए ।

    images
    images

    लुम्बिनी पाना

    • सोमवार, कार्तिक १४ २०७९०८:००:५८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij