मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

ओलीले देशको संबिधानमा आगो लगाउन थालेपछि गठबन्धन बनेको हो : भुसाल

ओलीले देशको संबिधानमा आगो लगाउन थालेपछि गठबन्धन बनेको हो : भुसाल

images
  • 276
    SHARES

  • images
    images
    images
    ओलीले देशको संबिधानमा आगो लगाउन थालेपछि गठबन्धन बनेको हो : भुसाल
    images
    images
    images

    देवदह । सत्तारुढ दलको समर्थनमा रुपन्देही-१ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेता  घनश्याम भुसालले देवदहले सिंगो क्षेत्र नम्बर १ को विकासको नेतृत्व गर्नुपर्ने बताएका छन् । मंगलबार देवदहको वडा प्रचार प्रसार सम्पर्क कार्यालय उद्घाटन गर्दै नेता भुसालले देवदह क्षेत्र आफैमा ऎतिहासिक र पर्यटकीय क्षेत्र भएको बताउंदै देवदहबाट विकासको मूल फुटाउने उद्घोष गरे। 

    नेताहरु भ्रष्ट भएसम्म लोकतन्त्र सुरक्षित नहुने बताउँदै उनले भने, "कुनै पनि नेताले घुस खाँदैन भन्ने ग्यारेन्टी गर्नेहरू निर्माण गर्नु अहिलेको आवश्यकता हो ।"

    images
    images
    images

    उनले नेकपा एमालेका अधिकांश नेता कार्यकर्ता इमानदार भएपनि मुल नेतृत्वमा समस्या आएकोले पार्टी जनताको पक्षमा काम गर्न नसकेको उल्लेख गरे । ओलीले देशको संबिधानमा आगो लगाउन थालेपछि गठबन्धन बनेको जिकिर गर्दै भुसालले बाम लोकतान्त्रिक गठबन्धनले प्राथमिकताको आधारमा चौतर्फी विकास गर्ने दावी गरे ।

    त्यसैगरि बाम लोकतान्त्रिक गठबन्धनको तर्फ बाट क्षेत्र नम्बर १ (१) मा उम्मेदवारी दिएका काँग्रेस नेता विश्वनाथ यादवले आफुले बोलेको कुरा व्यहारमा उल्लेख गर्ने बताउंदै आफ्नो मुख्य प्राथमकिता अव्यवस्थित बसोबासी र सुकुम्बासी समस्या रहेको बताए। 

    सोहि कार्यक्रममा बोल्दै क्षेत्र नम्बर १ (२) का उम्मेदवार अब्दुल रज्जाकले कांग्रेस विकासप्रेमी पार्टी रहेको बताए। संबिधान र लोकतन्त्र रक्षाका लागि बाम लोकतान्रिक गठबन्धन आवश्यक रहेको र बाँकी रहेको विकास निर्माणका अधुरा कार्यहरु गठबन्धन सरकारले गर्ने नेता रज्जाकको भनाई थियो। 

    बाम लोकतान्त्रिक गठबन्धनले क्षेत्र नम्बर १ को ३३ ओटै वार्डमा वडा सम्पर्क कार्यालय स्थापना गर्ने अभियान अन्तर्गत आज देवदह,रोहिणी र तिलोत्तमा गरि ७ वटा वडामा सम्पर्क कार्यालय स्थापना गरेको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij