मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

विकास र समृद्दीको नयां योजना सहित चुनावी मैदानमा आएको छु :बिनोद पहाडी

विकास र समृद्दीको नयां योजना सहित चुनावी मैदानमा आएको छु :बिनोद पहाडी

images
  • 203
    SHARES

  • images
    images
    images
    विकास र समृद्दीको नयां योजना सहित चुनावी मैदानमा आएको छु :बिनोद पहाडी
    images
    images
    images

    सैनामैना। रुपन्देही क्षेत्र नं ५ मा संयुक्त बाम लोकतान्त्रिक गठबन्धन दलका उम्मेद्धारहरुले चुनावी एजेण्डाहरु लिएर आ आफनो क्षेत्रमा रहेका मतदातासँग भेटघाट तथा छलफल अभियानलाई तिब्रता दिएका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा रुपन्देही क्षेत्र नं ५ क का गठबन्धन दलबाट प्रदेश सभा सदस्य पदका साझा उम्मेद्धार बिनोद पहाडी लगाएतका नेता कार्यकर्ताहरुले मंगलबार सैनामैना,कञ्चन र गैडहवाका मतदाताहरुसँग भेटघाट गरेका हुन् ।

    मतदातासँगको भेटघाटमा उम्मेदवार पहाडीले रुपन्देही क्षेत्र नं ५ क को समग्र विकासका लागि नयां योजना सहित चुनावी मैदानमा आएकाले निर्वाचनमा जिताउन मतदातालाई आग्रह गरेका छन् । पहाडीले भौतिक बिकास निमार्ण संगै मानवीय विकास र परिवर्तनलाई संस्थागतरुपमा कार्यान्वयन गर्न चुनाव जिते संगै आफनो क्षेत्रमा खरको छाना हटाउने,वैदेशिक रोजगारीबाट अपमानित भएर फर्किएका महिलाहरुको शुरक्षाका लागि सम्मानजनक वैदेशिक रोजगार नीति बनाउन पहल गर्ने,घुम्ति स्वास्थ्य सेवा सञ्चालन,महिला बिद्यालय स्थापना ,नमुना महिला शुरक्षा आवास गृह स्थापना लगाएतका जनता संग प्रत्यक्ष सरोकार राख्ने बिषयमा काम गर्ने प्रतिवद्धता समेत गरेका थिए ।

    images
    images
    images

    उनले पर्यटन, कृषि, घरेलु उद्योग जस्ता क्षेत्रको प्रवद्र्धन गर्दै रोजगारी सृजना गर्ने,सैनामैना, रुद्रपुर, बासगढी सहितका समग्र क्षेत्रमा रहेको अव्यवस्थित बसोबासीहरुको समस्या दीर्घकालिन रुपमा समाधान गर्ने, ५(क) लाई नमूना क्षेत्रको रुपमा विकास गरि यस क्षेत्रका सम्पदाहरुको संरक्षण र संबद्र्धन तथा विकासका नाममा भइरहेका भ्रष्टाचार रोक्न तथा राज्यका अंगहरुलाई पारदर्शी र सुशासनयुक्त बनाउनका लागि समृद्धि, सुशासन, समावेशिता र सहकार्यलाई अबलम्बन गर्न नयां तर जनता संग प्रत्यक्ष सरोकार राख्ने योजना भएको बताए ।

    उनले लोकतन्त्र र संविधान रक्षाका लागि अहिलेको गठबन्धनबाट प्रतिनिधिसभा तर्फ नेपाली काँग्रेसका उम्मेद्वार भरत शाह र प्रदेशमा आफू उम्मेद्वार रहेको बताउदै चुनावमा जिताएर काम गर्ने अबसर दिन आग्रह गरे ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij