देवदह। आसन्न मङ्सिर ४ गते हुन गैरहेको निर्वाचनमा प्रतिनिधि सभा सदस्य पदको लागि रुपन्देही क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार टिकामणि पुनले ९ बुंदे घोषणा पत्र सार्वजनिक गरेका छन्।
दलिय व्यवस्थामा असल भन्दा खराब चरित्र हावी भएको बताउंदै पुनले गलत प्रवृति बिरुद्द युवाहरुले आवाज र खबरदारी गर्न प्रेणित होस् भनेर आफुले उम्मेदवारी दिएको बताए। व्यवस्था परिवर्तन र उपलब्धिको रक्षा भन्दै पटक -पटक आन्दोलन भएको समरण गर्दै पुनले जनताको अवस्थाको लागि राजनीतिक दलले कहिल्यै नसोचेको बताए।
'सूर्यमुखी' चुनाब चिन्ह लिएर चुनावी मैदानमा होमिएका पुनले घोषणा पत्र सार्वजनिक गर्दै आम मतदातालाई कुनै दलको भोट बैंकको रुपमा प्रयोग नभई विवेक पुर्याएर मतदान गर्न अपिल गरे।
यी हुन टिकामणि पुनले सार्वजनिक गरेको घोषणा पत्र
१)आत्मनिर्भर कृषि (लगानीमा युवा परिचालन)
२)नि:शुल्क तथा प्राविधिक शिक्षा
३)नि:शुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिनेछ
४)प्रत्येक वडामा खाद्यान्न गोदाम बनाउने
५)प्रत्येक वडामा अस्पतालको व्यवस्था
६)प्रत्येक वडामा कोल्ड स्टोर
७)प्रत्येक युवालाई सिप तालिमको व्यवस्था साथै उत्पादित वस्तुहरु सरकारले व्यवस्थापन गर्न पहल गर्नेछ।
८)उद्योग कलकारखाना पूर्ण सरकारको मातहतमा हुनेछ।
९)डाक्टर,इन्जिनियर ,पाइलट बैज्ञानिक नेपाल सरकारले उत्पादन गरि अवसरको खोजि नेपालमै सिर्जना गर्न पहल गरिने छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij