देवदह । रुपन्देही क्षेत्र नम्वर १ का प्रतिनिधी सभा स्वतन्त्र उम्मेदवार टिकाराम चापागाईंलाई घर–दैलोका क्रममा बृद्ध बृद्धाहरुले अबको चुनाव टिकारामले जित्नु पर्ने भन्दै आशीर्वाद दिई रहेका छन् ।
त्यस क्षेत्रमा प्रतिनिधी सभामा चापाकल चिन्ह लियर स्वतन्त्र उम्मेदवार बनेका उनललाइ विभिन्न टोलहरुका बृद्ध बृद्धाहरुले शिरमा हात राखेर –‘ पार्टीले धेरे पटक चुनाव जिते अब तिमीहरुले जित्नु पर्छ, भनेर आशिर्वाद दिएको देखियो ।
ओमसतिया गाउँपालिका ६ जमुहानीका ११४ बर्षीय तामेस्वर चमारले टिकाराम चापागाईंको शिरमा हात राख्दै आशिर्वाद दिए । बृद्ध चमारले चापागाईंको विजयका लागि त्यस्तो आशिर्वाद दिईरहँदा चापागाईंले शिर निहुराउँदै प्रणाम गर्दै भने तपाईको आशीर्वाद लागोस बुवा,
त्यस्तै ८४ वर्सिय हारी रानाले आफ्नो बाल्यकाल सुनाउँदै भने –‘ हाम्रो पालमा त पार्टीलाई मात्र भोट हाल्थे, अहिले सम्म धेरै पार्टीले चुनाव जिते तर हाम्रो अवस्थ परिवर्तन भएन अब पार्टी हैन व्यक्तिले जित्नु पर्छ अनि बिना बन्दन बिकाश गर्नु पर्छ ।
टिकाराम चापागाइ रुपन्देही क्षेत्र नम्वर १ का प्रतिनिधी सभा चापाकल चिन्हका स्वतन्त्र उम्मेदवार हुन उनी संगै एमालेका छविलाल बिश्वकर्मा र गठबन्धनका घनश्याम भुसाल चुनावी मैदानमा छन् ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij