मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

ओलीका बिश्वास पात्र शेरधन राइको मुख्यमन्त्री पद धरापमा ,महिलाले पति दाबी गर्दै मुद्दा हालिन्

ओलीका बिश्वास पात्र शेरधन राइको मुख्यमन्त्री पद धरापमा ,महिलाले पति दाबी गर्दै मुद्दा हालिन्

images
  • 1.3K
    SHARES

  • images
    images
    images
    ओलीका बिश्वास पात्र शेरधन राइको मुख्यमन्त्री पद धरापमा ,महिलाले पति दाबी गर्दै मुद्दा हालिन्
    images
    images
    images

    फागुन १७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीका विश्वासपात्रहरु एकपछि अर्को गरेर विवादमा मुछिन थालेका छन् । केही समयअघिमात्रै ७० करोडको कमिशन डिल गरेको अडियो सार्वजनिक भएपछि मन्त्रीबाट ओलीको विश्वासपात्र गोकुल प्रसाद बाँस्कोटाले राजीनामा दिए । त्यसको एक साता नबित्दै अर्का विश्वासिला पात्र प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईमाथि मुद्दा परेको छ । मुख्यमन्त्री राईमाथि अंश मुद्दा दायर भएपछि राजनीतिक माहोल तातिएको छ ।

    Sherdhan-Rai_qfDSBzLY0b.jpg

    शुक्रबार दिउँसो काठमाडौं जिल्ला अदालतमा एउटा मुद्दा दायर भएको छ । त्यो अंश मुद्दा हो जसमा प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईलाई विपक्षी बनाइएको छ । बालिका खड्का नाम गरेकी महिलाले शेरधन राईलाई पति दाबी गर्दै मुद्दा दायर गरेकी हुन् । राईले आफूसँग विवाह गरेको दाबी गर्दै घरेलु हिंसाको अभियोग समेत लगाएकी छिन् । खड्काले आफूले अंश पाउनुपर्ने उल्लेख गरेकी छिन् ।

    पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली निकटस्थ मानिएकाहरु एकपछि अर्को विवादमा आइरहँदा राईमाथि मुद्दा दायर हुनुलाई अर्थपूर्ण मानिएको छ । योसँगै राईलाई तत्काल पदबाट राजीनामा दिनपनि पार्टीभित्रैबाट आवाज उठेको छ । स्रोतकाअनुसार नेकपाभित्रपनि पूर्व एमाले खेमाकै नेताहरु भीम आचार्य र कृपाशुर शेर्पाहरुले आरोप लागेर मुद्दा दर्ता भैसकेपछि राईले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज उठाएका छन् ।

     

    images
    images
    images

    images
    images
    • शनिवार, फाल्गुण १७ २०७६०२:०९:३९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij